News Category 2081/12/26
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।
नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनले मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, अब फेरी राजतन्त्रलाई जनताले स्वीकार्ने छैनन् ।”
विधमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहेपनि कतै कतैबाट आउने बिरोधलाई रोक्न शासन शैलीमा भएका कमिकमजोरी हटाउँदै अघी बढ्नु पर्ने उनको भनाई थियो । उनले सरकारले आफ्नो कमिकमजोरी भए त्यसलाई सुधारेर जनविश्वास कायम गर्दै अघि बढ्नु आवश्यक रहेको सुझाव समेत दिए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता महतले आगामी मंसिरमा पार्टी अधिवेशन भएको चार वर्ष पुग्ने भएपनि थप एक वर्ष बढाइने संकेत गरे । उनले भने, “विधान तहत थप डेढ वर्ष बढाउने हामीलाई सुविधा छ, यसबारे केन्द्रिय समितिको बैठकबाट टुंगो लगाउन बाकी नै छ ।”
पार्टीमा संगठन भन्दा पनि कतै कतै व्यक्तिवादी चरित्र हावी हुन थालेको टिप्पणी गर्दै उनले व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीको हितलाई प्राथमिकतामा राखी काम गर्न आवश्यक रहेको बताए ।
प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कुमार कर्णको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ