News Category 2081/12/27
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले किसानहरुको खेतखेतमा बिजुली सुविधा पु¥याउने व्यवस्था मिलाएको छ । खेतीका लागि सिंचाईको प्रमुख समस्या भोगिरहेका किसानहरुको सहजताका लागि पालिकाको उक्त व्यवस्था मिलाएको हो ।
नगर प्रमुख बिरेन्द्र माझीले विगतमा आफ्ना पालिका क्षेत्रभित्रका किसानहरु खेतीपातीका लागि प्रयोग गर्ने कृषि मिटरको शुल्क तिर्दै आएको नगरपालिकाले नेपाल विद्युत प्राधिकरण संगको सहकार्यमा सिंचाईका लागि छुट्टै ट्रान्सफर्मर र सो संगै मास्टर मिटर समेत जडान गरेर विना मिटर किसानको खेतमा बिजुली पु¥याएउने व्यवस्था मिलाएको जानकारी दिए ।
किसानले व्यक्तिगत रुपमा लिदै आएको कृषि मिटर जडान गर्ने झंझटिलो प्रक्रियाबाट उन्मुत्ति समेत पाएको उनले बताए । किसानलाई लक्षित गरि नगरपालिकाको २ करोड र विद्युत प्राधिकरणको २० प्रतिशत लागानीमा ५ वटा ट्रान्सफर्मर र सो संगै मास्टर मिटर पनि जडान गरिएको नगरप्रमुख माझीको भनाई छ ।
“ट्रान्सफर्मरसहित मास्टर विद्युतीय मिटर जडान भईसकेको हुँदा अव किसानले छुट्टै कृषि मिटर लिनुपर्दैन नगर प्रमुख माझीले भने–प्रत्येक पोलमा क्लीप बोर्ड समेत जडान गरिएकाले त्यहीबाट मोटर चलाउन सकिने व्यवस्था मिलाइएको छ ।”
उनले भने, “कृषि मिटर लिन कम्तिमा किसानलाई ५ हजार सम्म खर्च गर्नु पथ्र्यो र त्यसमा पनि जग्गाधनी पुर्जा लगायतको कागज नभएका किसानले मिटर नै पाउँदैनथ्यो अव त्यो झंझटिलो प्रक्रियाबाट किसानले उन्मुक्ति पाएका छन् ।”
उनले किसानले अव मिटर पनि नलिनु पर्ने र शुल्क पनि तिर्नु नपर्ने तथा मास्टर मिटरमा खपत भए अनुसारको नगरपालिकाले नै विद्युत महसूल भुक्तानी गर्ने जानकारी दिए ।
नगरक्षेत्र भित्र कृषि पेशामा लागेकाहरुलाई प्रोत्साहन तथा उनीहरुको लागत खर्चमा सहयोग गरि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले ल्याइएको उक्त कार्यक्रम अन्तर्गत अहिलेसम्म ५ वटा ट्रान्सफर्मर जडान गरेर ८ वटा वडाका किसानलाई निशुल्क विद्युत उपलब्ध गराउन थालिएको र बाँकी ६ वटा वडाहरुमा पनि क्रमिक रुपमा मास्टर मिटर सहितको ट्रान्सफर्मर जडान गरिने पालिकाको नीति रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ