News Category 2081/12/30
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
राजविराज÷नेपाल पत्रकार महासंघका पूर्व सभापत्रि एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली काँग्रेसका स्व. नेता महेन्द्र नारायण निधि राणा शासनको अन्त्यका लागि मात्र नभई राजाको तानाशाही शासन समाप्तिका लागि पनि उत्तिकै भूमिका निर्वाह गर्नु भएको बताएका छन् ।
शनिबार स्व. निधिको जीवन र विभिन्न कालखण्डमा उनले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको विषय समेटिएर उनकैद्वारा लिखित “नेपालका निधि” नामक पुस्तक सप्तरी सदरमुकाम राजविराजमा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
“२००७ सालको ऐतिहासिक जनक्रान्तिका कमाण्डरका रुपमा नेता निधिले राणाशासन अन्त्यका लागि ठूलो योगदान दिनु भएको थियो, उनले भने, “यतिमात्र होइन, राजाको तानाशाही शासन समाप्त गर्ने माहौल बनाउन पनि उनको ठूलो योगदान थियो ।”
यूवा अवस्थामा प्रवेश गरेदेखी नै आफू नेता निधिसँग निकट रहने अवसर पाएको भन्दै उनले उनको बारेमा पुस्तक लेख्ने हुटहुटी जागेको सुनाए । मधेशका मुर्धन्य व्यक्तिहरुका बारेमा धेरै कम पुस्तक प्रकाशित भएको भन्दै उनले राष्ट्रिय नेताका रुपमा स्थापित हुनु भएका निधि जस्ता व्यक्तित्वको मधेशमा मात्र नभई देशै भर चर्चा र आमनागरिकलाई जानकारी हुनुपर्ने उद्देश्यका साथ उक्त पुस्तक लेख्ने जमर्को गरेको सुनाए ।
उक्त पुस्तकले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको योगदान बारे जानकारी गराउनुका साथै आमनागरिकमा लोकतन्त्रको पक्षमा चेतना फैलाउन समेत मद्दत पु¥याउने विश्वास उनले व्यक्त गरे ।
राज्य रुपान्तरण प्रालीका लागि रुची श्रेष्ठद्वारा प्रकाशित १ सय ८१ पृष्ठको उक्त पुस्तक लेखक नेपालका साथै पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पूर्वसभापति विष्णु मण्डल, मुरलीप्रसाद यादव, प्रदेश सांसद मनिष सुमन, समाजसेवी बैजनाथ मुन्धडा लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ