News Category 2081/12/30
पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्छ ः नेता रिजाल
राजविराज÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संघीयता व्यवस्थित ढंगले कार्यान्वयन गर्न र बलियो बनाउनको लागि विकासको राजनीति गर्न आवश्यक रहेको बताएका छन् ।
विकासको लागि राजनीति सुशासनको लागि उद्यमशीलता भन्ने नारासहित नेपाली कांग्रेस नगरकार्य समिति राजविराज नगरपालिकाको आयोजनामा अबको राजविराज योजनाबद्ध र दिगो विकास विषयमा शनिवार सम्पन्न विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले समग्र देशको विकासका लागि पहाडी र मधेशीबीच सौहर्दता हुनुपर्नेमा जोड् समेत दिए । संघीयता ल्याउने क्रममा समुदायलाई विभाजित गर्नेगरी रेखांकन नहोस् भन्ने छलफल भएको थियो’ उनले भने, ‘माथिको उदयपुर र मकवानपुरलाई जोड्न भनेको थिएँ । तर धेरैले यो मानेनन् ।’
देशमा संघीयता आएपनि जसरी अधिकारहरु दिनुप¥थ्यो त्यो दिन नसक्दा निराशा उत्पन्न भएको उनले बताए । संघीयतालाई बलियो बनाए विकासले गति लिने उनको भनाई थियो ।
पूर्वाधारको विकास नहूँदासम्म शहर अघि बढन नसक्ने भन्दै उनले पूर्वाधार, खानेपानी, ढल निकास व्यवस्थित बनाउन सुझाव दिए । उनले अस्पताल, स्वास्थ्य चौकी एवं विद्यालयलाई राम्रो बनाउन समेत सुझाव दिए ।
संविधानसभा सदस्य रंजित कर्णले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले राजविराज साक्षरता दरमा धेरै अघि भएपनि अहिले हवात्तै पछि परेको बताए । उनले जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधी राजविराजको विकासका लागि कुनै चासो नदिएको बताए ।
संविधानसभा सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रन्जित कर्णको संयोजनमा गरिएको उक्त विचार गोष्ठी कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साहले राजविराज नगरको समस्या समाधान गर्न नेपाली काँग्रेस सदैव तत्पर रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ