News Category 2082/12/01
श्रोत नखुलेको रकमसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
श्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजगढ गाउँपालिका ४ बेल्ही चपेना बस्ने ४७ वर्षिय रामचन्द्र साह छन् ।
साइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीका सहायक निरीक्षक डिकेन्द्र ओली नेतृत्वको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा स्रोत नखुलेका ४ लाख १३ हजार रुपैयाँ बरामद गरेको हो ।
भारतीय सिमासँग जोडिएको उक्त पालिकाको वडा नं. २ अंधरामन्ठ बनैनियाँ सडक खण्डमा चेक जाँचको क्रममा उक्त परिमाणको रकम बरामद भएको सशस्त्र प्रहरीबल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
बरामद नोटहरुमा एक हजार दरका दुइ सय ३२, पाँच सयका ३ सय ६२, एकसय र पचासका एक÷एक, २० का दुई तथा १० एक थान रहेको प्रहरीले जनाएको छ ।
श्रोत नखुलेको रकम र साईकल सहित पक्रउ परेका साहलाई थप कानुनी प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल गण नं. ६ हेड क्वाटर सप्तरीले जनाएको छ ।
दुईदिन अघि पक्राउ परेका उनी उपर अनुसन्धान सकिएपछि आईतबार घटना विवरण सार्वजनिक गरिएको हो । पक्राउ परेका साह हुण्डी कारोवारीमा संलग्न रहेको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ