News Category 2081/12/30

देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा

दैनिक समाचारदाता

देशमा गरिबी, असमानता, विभेद कायमै छ ः एमाले उपाध्यक्ष थापा

    राजविराज÷नेकपा एमालेका राष्ट्रिय उपाध्यक्ष रामबहादुर थापा बादलले अहिले संघीय शासन सत्ता हातमा लिएपनि चाहेजस्तो सुधार नभएको बताएका छन् । उनले देशमा गरिबी, असमानता, विभेद कायमै रहको समेत बताए । 
    नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशनको शनिबार राजविराजमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
    सम्बोधन कै क्रममा उपाध्यक्ष थापाले मुलुकलाई समृद्धिको बाटोमा हिडाउन अब समाजवादी क्रान्तिको आवश्यक रहेको बताए । उनले नेपालमा रोजगारी गर्नेलाई परिवार पाल्न गाह्रो भइरहेको बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न समाजवादको स्थापना आवश्यक रहेको दोहो¥याए ।
    कुनै पनि दलले स्पष्ट बहुमत नपाएकै कारण चाहे जस्तो संविधान बन्न नसकेको, नियम कानुनहरु पनि बन्न नसकेको बताउँदै उनले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले चाहे जस्तो काम हुन नसकेको उल्लेख गरे । 
    उनले समाजवादको स्थापनाका लागि नेकपा एमालेलाई राष्ट्रिय शक्तिको रुपमा ल्याउनुपर्नेमा जोड दिदै कुनैपनि दलले स्पष्ट बहुमत नल्याउँदा देशमा अस्थिरता कायम रहेको जिकिर गरे ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न सत्रमामा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव, गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, केन्द्रिय सदस्य दिवाकर देवकोटा लगायतकाले शुभकामना दिएका थिए । 

प्रतिकृया दिनुहोस