News Category 2082/01/03
शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
दैनिक समाचारदाता
राजविराज, ३ वैशाख ।
बिरगंजस्थित हनुमान जन्मोत्सव शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग गर्दै सनातन धर्मको संरक्षण तथा प्रवद्र्धनमा संलग्न सामाजिक संस्थाहरुले प्रधानमन्त्री, गृहमन्त्री तथा मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
विश्व हिन्दू परिषद नेपाल, श्री हनुमान आराधना मण्डल नेपाल, सनातन संस्कृती नेपाल, हिन्दू सम्राट सेना, श्री राम हनुमान आराधना नेपाल, पंतञ्जलि योग समिति नेपाल र श्री कृष्ण भक्त मंण्डल सप्तरीले बुधबार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत सो ज्ञापन बुझाएको हो ।
बुझाइएको ज्ञापनमा “गत चैत ३० गते वीरगंजको छपकैयास्थित मस्जिदबाट श्री हनुमान जन्मोत्सवको शान्तिपूर्ण शोभायात्रा माथि भएको ढुंगामुढा सहितको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । घटनाका कारण स्थानीय भक्तजनहरू घाइते हुनुका साथै धार्मिक उत्सवको पवित्रता तथा समुदायको समरसतामाथि गरिएको यो आक्रमण अक्षम्य अपराध हो ।” उल्लेख छ ।
“नेपालको कानुनले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक आस्था अनुसार धार्मिक अभ्यास गर्ने स्वतन्त्रता प्रदान गरेको छ, विज्ञप्तिमा भनिएको छ–बहुसंख्यक हिन्दू समुदायले कानुनतः आफ्ना पर्व त्यौहार मनाईरहँदा समेत बारम्बार यस प्रकारको आक्रमण संविधानको मर्म र धार्मिक मूल्यको उल्लङ्घन हो ।”
घटनामा संलग्न अपराधीमाथि तुरुन्त र कठोर कारवाही गर्न आग्रह गर्दै हिन्दू समाजको संयमतालाई कमजोरी ठानि अपराधीलाई उन्मुक्ति दिलाउने प्रयास गरियो भने परिस्थितिले गम्भीर रुप लिने ज्ञापनपत्र मार्फत चेतावनी समेत दिइएको छ ।
सोही ज्ञापनमा घाइते व्यक्तिहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था तथा क्षतिपूर्ति प्रदान गर्न सरकारसँग जोडदार माग पनि गरिएको छ । साथै शान्ति–सुरक्षा र परस्पर आदरको मूल्यलाई अगाडि बढाउन सम्बन्धित सम्पूर्ण निकायलाई गम्भीर भई आवश्यक कदम चाल्न अपिल गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ