News Category 2082/01/04
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
बैदेशिक रोजगारीका लागि गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका १० वनौला टोलका ३२ वर्षिय मो. नजिबुल्ला विदेशमै ठगिएका छन् ।
रोजगारीका लागी साउदी अरब गएका उनी आफ्नै छिमेकी गाउँले एक साथीबाट ठगिएका हुन् । उनी ठगिएपछी पुरै परिवारको विचल्ली समेत भएको छ ।
बिहीबार राजविराजमा उनका बुबा इस्लाम मियाँ र आमा चुनिया खातुन पत्रकार सम्मेलन गर्दै छोरा ठगिएको बारे बिस्तृत घटना जानकारी गराएर न्यायाका लागि सम्बन्धीत निकायसँग हारगुहार गरेका छन् ।
पत्रकार सम्मेलनमा बुबा इस्लामले विदेशमा रोजगारीका सिलसिलमा रहदा मो.नजिबुल्ला र गाउँका छिमेकी साथी रोजित मियाँबीचको मित्रता रहेको सुनाए । सोही क्रममा गत फागुन २४ गते रोजित मियाँले छोरा नजिबुल्लासँग ससुराली गाउँमा जग्गा खरिद गर्न लागेको भन्दै १५ लाख रुपैया सापटी मागेको बुबा इस्लाम मियाँले बताए ।
एक महिना भित्र पैसा फिर्ता गरिदिन्छु भन्दै रोजित मियाँले प्रतिबद्धता जनाएपनि विश्वासमा परेका छोरा नजिबुल्लाले पहिलो पटक १२ लाख र त्यसको केही दिन पछि थप ३ लाख रुपैया उनको खातामा जम्मा गरिदिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा उनले प्रमाणका रुपमा रोजित मियाँको खातामा नजिबुल्लाले जम्मा गरेको रकमको बंैंक भौचर समेत पेश गरेका छन । विगत दुई महिना देखी रोजित एक्कासी सम्पर्क विहीन भएको र कहिले काही ह्वाटसपमा कुरा हुँदा उल्टै धम्क्याउन थालेको नजिबुल्लाकी आमा चुनिया खातुनले सुनाईन । यसबारे छिमेक मै वस्ने रोजितका बु्आ गफुर मियाँ समेत जानकारी गराए, उनले भने–तर कसैले चासो देखाएनन ।”
“रोजित अहिले साउदी अरबमा पनि छैनन, नत गाउँ फर्केका छन, साउदी अरबमा रहेका नजिबुल्लाले संचारकर्मीहरु संग फोन सम्पर्कमा भने–पैसा पचाउने नियतले नेपाल मै कतै लुकेर वसेका छन ।”
विदेशमा आफ्नै छिमेकी गाउँले साथीबाट ठगीमा परेको छोराको दिनरात खटेर कमाएको रकम असुल उपरका लागी आफुहरु प्रहरी हुदै पत्रकारसम्म पुगेको पत्रकार सम्मेलनमा आमा चुनियाले सुनाईन ।
पाँच वर्ष अघि सउदी अरब गएका उनी दिनको ८ घण्टा काम गरेर कमाएको रकमबाट खर्च कटाएर बचत गरी त्यसबाट केही रकम नियमितरुपमा घर पनि पठाउने गरेका थिए । उनले पठाएको पैसाबाट घर परिवारको खर्च र उनका छोराछोरीको शिक्षा दिक्षा पनि राम्रै चल्दै थियो । यस अवधीमा उनले १५ लाख रुपैया बचत गर्न पनि भ्याएका थिए ।
वर्षाै मिहीनेत गरेर छोरा नजिबुल्लाले कमाएको रकम उनकै गाउँले साथी रोजित मियाँले ठगी गरेपछि आफुहरुको समेत बिजोग भएको आमा चुनिया खातुन र बुआ इस्लाम मियाँले दुखेसो पोखेकी छिन ।
उनले इलाका प्रहरी कार्यालय पातो, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा पुगी ठगी गर्ने ब्यक्ती विरुद्ध कारवाहीको माग गर्दै पटक÷पटक धाउदै पनि अहिलेसम्म ठगी गर्ने ब्यक्ती पक्राउ पर्न नसकेको उनको दुखेसो छ ।
उनले छोरालाई ठगी गर्ने र पुरै परिवारलाई विचल्ली बनाउने रोजित मियाँलाई अविलम्ब पक्राउ गरी कारवाही र आफुलाई न्याय दिलाइदिन अनुरोध गरेकी छिन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले नजिबुल्लालाई ठगी गर्ने रोजित मियाँको खोज तलास कार्य भइरहेको बताएका छन । उनले सबै प्रहरी कार्यालयमा रोजित मियाँको हुलिया सहित विवरण पठाई खोजी कार्यालाई व्यापक बनाइएको जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ