News Category 2082/01/08
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
विद्यालय शिक्षा विधेयकको माग गर्दै देशैभरिका शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सोमबार आन्दोलनको २० औं दिन वितिरहँदा पनि कुनै ठोस निष्कर्ष भने निस्किएको छैन् ।
शिक्षकहरुले आन्दोलन गर्दा गर्दै नयाँ शैक्षिक सत्रको शुरुवात भएको पनि एक साता वितिसकेको छ तर, आन्दोलन संगै सृजना भएको समस्याहरुबारे कुनै पक्षले चासो देखाएका छैनन् ।
आन्दोलनकै कारण सप्तरीका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । लोकतन्त्रमा आफ्नो अधिकारको प्राप्तिका लागि संघर्ष गर्नुलाई गलत भन्न नमिले पनि त्यो संगै अरुको अधिकार हनन् गर्नु हुँदैन भने पनि मान्यता रहिआएको हो ।
शिक्षकहरुले थालेको आन्दोलनबाट बैशाख ११ गतेदेखी सुरु हुने भनिएको कक्षा १२ को परीक्षा समेत अन्यौल अवस्थामा पुगिसकेको छ भने देशैभरिका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि हुन गएपछि सामुदायिक विद्यालयको पठनपाठन, भर्ना अभियान, पाठयपुस्तक वितरण, एसइइ उत्तर पुस्तिका परीक्षण तथा प्रशासनिक कामकाज समेत ठप्प हुँदा पुरै शैक्षिक क्षेत्रको अवस्था गम्भिर छ । गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयहरुले लिएको वार्षिक परीक्षाको नतिजा पनि प्रभावित बन्नुले समग्र शैक्षिक क्षेत्र नै तहसनहस अवस्थमा पुगिसकेको हो ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकमा संशोधन तथा विगतमा भएको सहमति कार्यान्वयन गर्न माग र यसै संसद अधिवेशनबाट विधेयक पारित गर्नुपर्ने सहितका विभिन्न शर्त राखेर आन्दोलनमा होमिएका शिक्षकहरुको माग पुरा हुनुपर्छ भन्दै सरोकारबार निकायहरुले एक्यवद्धता समेत जनाएका छन् तर, विद्यार्थीहरुको भविष्यबारे कुनैपनि पक्ष जिम्मेवार नहुँदा नयाँ शैक्षिक सत्रको शुरुवातलाई पनि खल्लो बनाएको छ ।
विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिको पालना तथा विद्यालय शिक्षा विधेयक संशोधन गरि शिक्षा ऐन जारि नभएसम्म शैक्षिक आन्दोलन जारि राख्ने आन्दोलनरत शिक्षकहरुले लिएको अडान कायमै छ । पटक–पटक सकारी पक्षसंग वार्ता भएपनि उनीहरु आफ्नो अडानबाट पछि हट्न मानेका छैनन् । आन्दोलन र वार्ता जारी रहँदा त्यसको प्रभाव सप्तरीमा पनि परेको छ ।
यस जिल्लामा प्रावितर्फ १ हजार ७ सय ५१, निमावितर्फ ४ सय ३४, मावितर्फ ३ सय १५, उमाविमा ६९ गरि २ हजार ५ सय ६९ शिक्षकहरु सामुदायिक विद्यालयमा कार्यरत रहेको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख कमलनाथ यादवले जानकारी दिए । उनले तथा डेढ लाख भन्दा बढी विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेको बताए ।
इकाई प्रमुख यादवका अनुसार सप्तरीमा ४ सय १७ वटा सामुदायिक विद्यालय रहेका छन् । तर, सम्पूर्ण शैक्षिक क्रियाकलाप ठप्प भएका कारण यहाँका विद्यार्थी र अभिभावक समेतमा चिन्ता बढेको राजविराज नगरपालिका वडा नम्बर ७ का वडा सदस्य रामानन्द देवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ