News Category 2082/01/09
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले हिन्दुराष्ट्र घोषणा, राजतन्त्र पुनः स्थापना, संघीयता खारेजी तथा पक्राउ परेका आफ्ना नेता÷कार्यकर्ताको रिहाईको मागँ गर्दै मंगलवार राजविराजमा प्रर्दशन गरेको छ ।
सो पार्टीको अगुवाईमा राजावादीहरुले प्रर्दशन गर्दै “राजा आउ देश बचाउ, हिन्दुराष्ट्र घोषणा गर, संघियता खारेज गर, आन्दोलनका क्रममा केही दिन अघि पक्राउ परेका आफना नेता÷कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै नगर क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
प्रर्दशनका क्रममा प्रधानमन्त्रीको राजिनामा माग्नुका साथै सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरिएको थियो । नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता सहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना दिँदै प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
सो क्रममा उक्त टोलीले प्रमुख जिल्ला अधिकारी दाहालका साथै सुरक्षाका लागी खटिएका सुरक्षाकर्मीहरुको हातहातमा उपहार स्वरुप फुल प्रदान गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साह, केन्द्रिय सदस्य जया महतो, उमेश प्रसाद साह, युृवा नेता सुरेश साहका साथै स्थानीयको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ