News Category 2082/01/11

सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान

दैनिक समाचारदाता

सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 

    सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादी दश महिनापछि बुधबार पक्राउ परेका छन । 
    पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका २ का ४९ वर्षिय श्रवण कुमार राम छन । उनलाई बिहीबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ असाढ २७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई दुई महिना कैद सजाय हुने ठहर गरेको थियो । 
    अदालतको आदेश भए लगतै उनी फरार भएका थिए । पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट