News Category 2082/01/12
औधोगीक क्षेत्रको विकास तथा उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
दैनिक समाचारदाता
राजविराज, १२ गते ।
रुपनी गाउँपालिका वडा नं. ५ स्थित गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा यही बैशाख २१ गतेदेखि श्री सीताराम नाम १०८ मण्डपीय संकिर्तन एवं रामचरित मानस महायक्षको आयोजना हुने भएको छ ।
शुक्रवार महायज्ञस्थल मै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले बैशाख २१ गतेदेखी २९ गते ९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता हुने जनाएको छ । १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए ।
विश्व शान्ति, मानव कल्याण, औधौगिक क्षेत्रको विकास तथा उधोगीहरुलाई आकर्षित गर्ने कामनाका साथ आयोजना गर्न लागिएको महायज्ञमा अनुमानित लागत ३ करोड ३६ लाख रहेको आयोजक समितिका सहअध्यक्ष समेत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
यज्ञकर्ता एवं संरक्षक जगत नन्दन दासजी (पगलाबाबा) ले महायज्ञमा भारतका शंकरार्चाय पिठाधिश जगत गूरु शारदानन्द सरस्वतीका साथै नेपाल तथा भारतका प्रख्यात संन्तहरुबाट कथावाचन हुने कार्यक्रम रहेको जानकारी दिदै महायज्ञ सफल बनाउन सबैसंग आग्रह गरे ।
महायज्ञ भब्य बनाउनका लागी धार्मिक प्रवचन, रासलिला, रामलिला, झुला खेलसहित मनोरंजनका विभिन्न कार्यक्रमहरु आयोजना हुने जिल्ला समन्वय समितीका उपप्रमुख एवं महायज्ञ आयोजक समितिका सदस्य शम्भु प्रसाद यादवले जानकारी दिए ।
महायज्ञस्थलमा अहिले पुजा विधीका लागी फुँसका १००८ वटा मण्डप बनाइएको छ भने विभिन्न देवी देउताका १०८ वटा मुर्ती बनाउने काम धमाधम चलिरहेको छ । महायज्ञ भब्य बनाउन विभिन्न ९ वटा उपसमितीहरु समेत बनाइएको छ ।
पत्रकार सम्मेलनमा समाजसेवी गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, प्रदिप यादव, वडाअध्यक्ष जबाहर यादव, गंगाराम यादव, खोनेपानी कार्यालयका प्रमुख एवं महायज्ञ व्यवस्थापन उपसमितिका संयोजक राजाराम यादवले महायज्ञको तयारी बारे जानकारी गराएका थिए ।
महायज्ञको उद्घाटनका दिन १० हजार महिलाको सहभागितामा कलश यात्रा निकाल्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ