News Category 2082/01/15
रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात
दैनिक समाचारदाता
राजविराज, १४ गते ।
राजविराजमा संचालित अन्तर जिल्ला स्तरीय क्लव टि(ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा युथ एकेडमीले विजयी शुरुवात गरेको छ ।
आईतवार पविमाविको खेल मैदानमा सम्पन्न उद्घाट्न खेलमा रुपनी राईडर्सलाई ६ विकेटले पराजित गर्दे युथ एकेडमीले विजयी शुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ्ग थालेको रुपनी राईडर्सले १७ ओभर ६ बलमा सबै बिकेट गुमाएर १ सय ७ रनको योगफल खडा गरेका थिए ।
जसमा ब्याटिङ्ग तर्फ शिव अधिकारीले ४६ रन तथा गुणान्नद राय १० रन बनाए । बलिंग तर्फ युथ एकेडमीका गोमान्नद अमात्य ३ विकेट, भिमकुमार यादव, सन्तु मण्डल, अभिषेक कार्कीले समान २÷२ र सन्दिप यादवले १ बिकेट हात पारे ।
१ सय ८ रनको लक्ष्य सहित जवाफी व्याटिङ्गमा उत्रिएका युथ क्रिकेट एकेडमीले १६ ओभर १ बलमा ४ विकेट गुमाएर विजयी लक्ष्य हासिल गरे ।
जसमा भिम यादव ३१ र अभिषेक कार्कीले अविजित २३ को पारि खेलेपछि युथलाई खेल जित्न सहज भएको हो । युथको पारिमा विकास दास १९ र निरज यादवले १७ रनको योगदान गरे ।
बलिंग तर्फ रुपनीका बिष्णु मण्डल २ तथा गुणान्नद राय र असोक मेहताले १÷१ विकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक कार्की प्लेयर अफ दि म्याच अभिषेक घोषित भए ।
खेल शुरुहुनु अघि बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले ब्याटिङ्ग र राजविराज नगरपालिका वडा नम्बर ६ का अध्यक्ष शशी चौधरीले बलिंग गर्दै खेलको उदघाट्न गरेका थिए ।
क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई. ईन्द्रनारायण देवको अध्यक्षतामा आयोजित उदघाटन समारेहमा राजविराज नगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामएकवाल यादव, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादव, अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी, क्रिकेट विकास प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गणेश आश लगायतले क्रिकेटको विकासका लागि सबैले आ–आफनो स्तरवाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
बैशाख २१ सम्म चल्ने प्रतियोगितामा जिल्लाका ६ वटा क्रिकेट क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता लाई ट्रफी, मेडलका साथै नगद पुरस्कारको व्यवस्था समेत मिलाईएको आयोजक क्रिकेट विकास प्रतिष्ठान सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ