News Category 2082/01/15
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते

दैनिक समाचारदाता
राजविराज, १४ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा यात्रु बाहक बस दुर्घट्ना हुँदा तीन जनाको मृत्यू भएको छ ।
नगरपालिकाको वडा नम्बर १० बदगामा स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०१–००१ ख. ३४२० नं. को यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको भएको हो ।
बस आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा तीन जनाको मृत्यू भएको र बसमा सवार ३५ जना मध्ये २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घट्नामा एक महिला र एक पुरुषको किचिएर घट्नास्थलमै मृत्यु भएको र सोही दुर्घटनामा गम्भीर घाइते भएका सप्तकोशी नगरपालिका वडा नम्बर १ घर भएका ७५ वर्षीय रत्नबहादुर मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार घट्नास्थलमा उदयपुरको त्रियुगा नगरपालिका खैजनपुर बस्ने २२ बर्षीया कविता चौधरी र झापाको गौरादह २ बस्ने ३९ बर्षीय अनिल राईको घट्ना स्थलमै मृत्यू भएको हो ।
दुर्घट्नामा परि सप्तकोशी नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २१ वर्षीया सुवेता दाहाल, सोही ठाउँका २६ वर्षीया चेतना भट्टराई, ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पवित्रा, वडा नं २ का ४४ वर्षीय विजय विक घाईते भएका छन् ।
यस्तै सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर २ का ५० वर्षीया विमलादेवी ठाकुर, झापाका मनोज भट्टराई, मीना भट्टराई र उदयपुर चौदण्डी नगरपालिका ५ का ५९ वर्षीया कमला भुसाल घाईते छन् ।
यसैगरी, सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय भरत यादव, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय मो.असलम, वडा नम्बर ७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर, उदयपुर चौदण्डी नगरपालिका–९ का २६ वर्षीय नरमाया मगर र ६८ वर्षिय बम बहादुर कार्की, सोही नगररपालिकाका वडा नं. १० बस्ने ६५ वर्षिय पुजन देवी सिल्वाल र गिता सिल्वाल सोही ठाउँका जोगिदह १ बस्ने ४० वर्षिय सोनावती चौधरी, सप्तरीको बेल्टार नगरपालिका–९ का ६० वर्षीया मयादेवी थापा, कन्चनपुर नगरपालिका वडा नम्बर ८ का ५५ वर्षिय निर्मला गुप्ता, सोही ठाउँका वडा नम्बर ४ बस्ने ३४ वर्षिय श्याम कुमार सदा र ४० वर्षिय मनोज सदा घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीका अनुसार बसमा ३५ जना यात्रु सवार थिए । बसका चालक झापा मेचीनगर नपा ७ बस्ने ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कन्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान थालिएको इलाका प्रहरी कर्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
उनका अनुसार घट्ना स्थलमा मृत्यू भएकाहरुको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/17 मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
- 2082/05/17 भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
- 2082/05/17 पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
- 2082/05/15 महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
- 2082/05/15 चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
- 2082/05/15 अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ