News Category 2082/01/15
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
सप्तरीमा एक महिलाले आफूसहित नावालक छोरालाई समेत विषपान गराएकी छिन् । सो विष सेवनबाट उनका चार बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यु भएको छ भने आमाको अवस्था गम्भिर छ ।
राजविराज नगरपालिका १ चनौरा घर भएका अनिल कुमार साफीकष्भस्ी २५ बर्षीया श्रीमति काजल देवी साफीले घरायसी विवादका कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिईन् ।
विष खुवाउँदा सिकिस्त भएका उनका चार बर्षीय छोरालाई उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगरस्थित नोवेल अस्पताल पु¥याईको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
विष सेवनबाट आमा काजल पनि अति सिकिस्त अवस्थामा रहेको र उनको उपचार नोवेल अस्पताल विराटनगरमा भईरहेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण उक्त घट्ना भएको भन्दै प्रहरीले यसबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ