News Category 2082/01/15
कारागारबाट कैदी फरार
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
कारागार कार्यालय सप्तरीबाट आइतबार राती एक कैदी फरार भएका छन् । चोरी मुद्दामा धरौटी बुझाउन नसकेर कैदी बन्दी बिताइरहेका सप्तरीको शम्भुनाथ नगरपालिका ११ घर भएका ३५ बर्षीय रामानन्द मंडल आइतवार राति कारागारबाट फरार भएका हुन् ।
आइतवार राति हवाहुरी र चट्यांगका कारण विद्युत अवरुद्ध भएको र सोही मौका छोपेर कैदी मंडल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिएका छन् ।
घट्नाबारे सोमवार विहानै जानकारी पाएसंगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरु माथि आवश्यक अनुसन्धान शुरु गरि फरार भएका कैदी मंडलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौट अदालतले मागेपछि सो तिर्न नसकेर कारागार चलान गरिएका मंडललाई केन्द्रिय कारागार काठमाडौंले २०८१ पुष ६ गते राजविराजमा पठाएको कारागार कार्यालय प्रमुख दाहालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ