News Category 2082/01/15
छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
दुई दिनअघि मृत अवस्थामा फेला परेका १५ वर्षिय सहनबाज शेखका आफन्तले घटनाको सत्यतथ्य छानविन हुनु पर्ने माग गरेका छन ।
राजविराज ६ पुर्णी पोखरी टोल निवासी सहनवाजको दुई दिन अघि मृत्यु भएको थियो ।
राजविराज ३ स्थित कल्टुदास पोखरीको डिलमा अचेत अवस्थामा रहेको भन्दै स्थानीयले खबर गरेपछी पुगेको प्रहरी टोलीले उनलाई तत्कालै उद्धार गरी गजेन्द्र नारायण सिह अस्पताल पु¥याएका थिए । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।
बाहिरी चोट खासै नदेखिए पनि आईतवार पोस्टर्माटम कक्षमा राखेर परिक्षण गर्दा घाँटी र हातको भित्री भागमा चोट देखिएपछि थप परिक्षण र पोस्टर्माटमका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डा.अमित यादवले बताए ।
मृतकका आमा सोनी खातुनले घटनाका दिन राती ७ः४५ बजे तिर छोरा सहनवाजको मोवाइलमा कसैले फोन गरेको बताइन् । छोराले केही बेरमा आइहाल्छु भन्दै घरबाट निस्केको उनको भनाई छ ।
राजविराज ८ स्थित पिसल्याण्ड बोडिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययनरत छोरालाई कसैले कुटपीट गरी मारेको हुन सक्ने आशंका उनका बुवा सनावरले गरेका छन । रातीको समयमा सहनावाजलाई मोवाइलमा फोन गर्ने ब्यक्तिको थिए ? र किन बोलाएका थिए ? भन्ने तर्फ पनि अनुसन्धान अघि बढाउनु पर्ने परिवारजनको माग छ ।
वडा अध्यक्ष शशी चौधरीले पनि सहनवाजको मृत्यु प्रकरणबारे सुक्ष्म अनुसन्धान हुनुपर्ने बताएका छन ।
प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले प्रारम्भिक अनुसन्धानमा कुटपिटबाट नभई लडेर उनको मृत्य भएको पाइएको बताएका छन । यद्यपी अनुसन्धान कार्य जारी रहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ