News Category 2082/01/16
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत कार्यक्रम र बजेट राख्ने प्रतिबद्धता जनाएको छ ।
मंगलबार राजविराजमा सम्पन्न स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशालामा पालिका प्रमुखहरुले वास गभर्नेन्स क्षेत्रका लागि आवश्यक ऐन, कार्यविधि तथा मापदण्डहरु पारित गर्दै प्रभावकारी कार्यान्वयनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
युनिसेफको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा आयोजित सो कार्यशालामा सप्तरीका ६ वटा र सिरहाका दुई वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुनी सल्लाहकार, विधायन समितिका सदस्य तथा सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन, कार्यविधि तथा मापदण्डहरु बनाउन छलफल गरिनुका साथै मस्यौदा समेत तयार गरिएको र वास योजना प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना समेत बनाइएको युनिसेफका वास अधिकृृत अन्नपूर्ण मिश्रले जानकारी दिए ।
कार्यशालामा सहभागी ८ वटै पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रको कार्यक्रम सञ्चालन गर्न न्यूनतम ५० लाखदेखि डेढ करोड रुपैयाँसम्मको कार्ययोजना बनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका वास सम्पर्क ब्यक्ति अमित पाठकले जानकारी दिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीको अध्यक्षतामा सम्पन्न सो कार्यशालामा सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरी, शम्भुनाथ नगरपालिकाका कार्यबाहक प्रमुख अनिता कुमारी चौधरीसहितकाले वास कार्ययोजनालाई प्रभाकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
सिरहाको सिरहा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरीको सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र बलान बिहुल गाउँपालिकाको सहभागिता रहेको सो कार्यक्रममा युनिसेफकी वास अधिकृत अन्नपूर्ण मिश्र, सहजकर्ता दिपक श्रेष्ठसहितकाले सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ