News Category 2082/01/16
क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारीमा जुटे सुरुङ्गा
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिकाले पालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने तयारी सुरु गरेको छ । यसअघि मधेश प्रदेश कै पहिलो बालविवाह मुक्त घोषणा गरिएको यो पालिका अब क्षयरोग मुक्त घोषणा गर्ने तयारीमा जुटेको हो ।
पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप मंगलवारदेखी क्षयरोगीको पहिचान र उपचारका लागी पालिका क्षेत्र भित्रका ३ स्थानमा “एक्टिभ केस डिटेक्सन कार्यक्रम” सुरु गरिएको छ ।
सुरुङ्गा नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालय भेडियामा आयोजित एक समारोह बीच नगर प्रमुख गीता चौधरीले उक्त कार्यक्रमको शुभारम्भ गरेकी छिन ।
सो अवसरमा उनले सुरुङ्गा नगरपालिकाका वासिन्दालाई क्षयरोग विरुद्ध जागरुक बनाई क्षयरोग बिनाको पालिका बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइन । सुरुङ्गा नगरपालिकालाई २०८३ साल सम्म क्षयरोग मुक्त पालिका घोषणा गर्ने उदघोषका साथ उनले पालिकाद्वारा कायम गरिएको ३ वटा उपचार केन्द्रमा परिक्षण र उपचारका लागी आउन सबै संग आग्रह गरिन ।
क्षयरोगबाट जोगिन धुम्रपान र धुवाँधुलोबाट जोगिनु पर्ने भन्दै उनले यसबाट बच्न र बचाउन सबैले आ आफनो स्तरबाट समेत सहयोग गर्नु पर्नेमा जोड दिइन ।
क्षयरोगको परिक्षण र उपचारका लागी ११ वटै वडाका वासीन्दालाई पायक पर्ने गरी भेडिया, कुशहा र धाँती बाजारमा गरी ३ वटा सेन्टर कायम गरिएको छ । क्षयरोग निवारण केन्द्र भक्तपुुर तथा मधेश प्रदेश सरकार समेतको प्राविधीक सहयोगमा नगरपालिकाले चलाएको कार्यक्रम अन्तर्गत औषधीहरु पनि निःशुुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । आफ्नो नीती तथा कार्यक्रममा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार आवश्यक गतिबीधी सूरु गरिएको पालिकाले जनाएको छ ।
यस अघि २०७९ सालमा उक्त नगरपालिका बालविवाह मुक्त घोषणा भएको थियो । बालविवाह मुक्त घोषणा हुने सुरुङ्गा मधेश प्रदेश कै पहिलो पालिका हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ