News Category 2082/01/16
क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारीमा जुटे सुरुङ्गा
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिकाले पालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने तयारी सुरु गरेको छ । यसअघि मधेश प्रदेश कै पहिलो बालविवाह मुक्त घोषणा गरिएको यो पालिका अब क्षयरोग मुक्त घोषणा गर्ने तयारीमा जुटेको हो ।
पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप मंगलवारदेखी क्षयरोगीको पहिचान र उपचारका लागी पालिका क्षेत्र भित्रका ३ स्थानमा “एक्टिभ केस डिटेक्सन कार्यक्रम” सुरु गरिएको छ ।
सुरुङ्गा नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालय भेडियामा आयोजित एक समारोह बीच नगर प्रमुख गीता चौधरीले उक्त कार्यक्रमको शुभारम्भ गरेकी छिन ।
सो अवसरमा उनले सुरुङ्गा नगरपालिकाका वासिन्दालाई क्षयरोग विरुद्ध जागरुक बनाई क्षयरोग बिनाको पालिका बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइन । सुरुङ्गा नगरपालिकालाई २०८३ साल सम्म क्षयरोग मुक्त पालिका घोषणा गर्ने उदघोषका साथ उनले पालिकाद्वारा कायम गरिएको ३ वटा उपचार केन्द्रमा परिक्षण र उपचारका लागी आउन सबै संग आग्रह गरिन ।
क्षयरोगबाट जोगिन धुम्रपान र धुवाँधुलोबाट जोगिनु पर्ने भन्दै उनले यसबाट बच्न र बचाउन सबैले आ आफनो स्तरबाट समेत सहयोग गर्नु पर्नेमा जोड दिइन ।
क्षयरोगको परिक्षण र उपचारका लागी ११ वटै वडाका वासीन्दालाई पायक पर्ने गरी भेडिया, कुशहा र धाँती बाजारमा गरी ३ वटा सेन्टर कायम गरिएको छ । क्षयरोग निवारण केन्द्र भक्तपुुर तथा मधेश प्रदेश सरकार समेतको प्राविधीक सहयोगमा नगरपालिकाले चलाएको कार्यक्रम अन्तर्गत औषधीहरु पनि निःशुुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । आफ्नो नीती तथा कार्यक्रममा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार आवश्यक गतिबीधी सूरु गरिएको पालिकाले जनाएको छ ।
यस अघि २०७९ सालमा उक्त नगरपालिका बालविवाह मुक्त घोषणा भएको थियो । बालविवाह मुक्त घोषणा हुने सुरुङ्गा मधेश प्रदेश कै पहिलो पालिका हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ