News Category 2082/01/18
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
भुमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजालले तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुने बताएका छन् ।
राजविराजमा बिहीबार आयोजना गरिएको भूमि समस्या समाधान सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि सरकारले तीन बर्षको अवधि तोकेरै आयोग बनाएको उल्लेख गर्दै आयोगले गर्ने काममा सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।
“यही आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीको सबै काम सम्पन्न गर्छ’ उनले भने,’ त्यहीँ भएर काम नगर्ने छुट कसैलाई छैन ।’
सरकारले भुमि आयोगलाई सबै काम सिध्याउन २०८४ सम्मको समय अवधी दिएको भन्दै उनले यो अवधीमा काम सकाउन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने जिकिर गरे । गौचरन, जंगल, हाट मा पनि वस्ती बसेको उल्लेख गर्दै उनले यो चुनौती पनि रहेको बताए ।
भूमि समस्या समाधान आयोगका मधेश प्रदेश संयोजक आरती भण्डारीले भूमि समस्या देशकै समस्या रहेको बताइन् । सुकुम्बासी हुनु रहर नभई बाध्यता भएको बताउँदै उनले यो समस्या सबै मिली समाधान गर्नुपर्ने बताइन् ।
भूमि समस्या समाधान आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईंले भुमिहिन, दलित, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने आयोगको प्रमुख काम रहेको बताए ।
राष्ट्रको गौरवको योजना हो यसलाई सबै मिलेर सफल बनाउनुपर्ने उनले बताए । यस पटक मिति तोकेरै काम गर्न भनिएकाले २०८४ सम्म काम टुङ्याउन सबैले काम गर्नुपर्ने उनको भनाई थियो ।
भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाको अध्यक्षतामा आयोजित अभिमुखी कार्यक्रममा स्थानिय सरकारका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/17 मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
- 2082/05/17 भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
- 2082/05/17 पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
- 2082/05/15 महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
- 2082/05/15 चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
- 2082/05/15 अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ