News Category 2082/01/19
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
आन्दोलनरत राजविराज नगरवासीले दोश्रो दिन राजविराज नगरक्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको मागसहित विभिन्न ८ बुंदे माग अघि सार्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
राजविराज नगरवासीको तर्फबाट गठित संर्घष समितिद्वारा घोषित कार्यक्रम अनुसार शुक्रबार नगरको मुख्य चौकमा आफ्नो मागको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन विहीवार नगरका चौक, पसल र घर÷घरमा कालो झण्डा झुण्ड्याएका संघर्ष समितीले दोश्रो दिन शुक्रवार हस्ताक्षरण संकलन अभियान थालेर आन्दोलनलाई निरन्तरता दिएका छन् ।
संघर्ष समितीका संयोजक इरसाद अन्सारी, बार्तां टोलीका सदस्यद्वय दिपेन्द्र चौधरी, शम्भु लाल देव, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, वडा सदस्य बिरेन्द्र साह, नागरिक अगुवा अर्जून प्रसाद साह, संघर्ष समितीका प्रवक्ता अनिल देव लगायतका सयौंको संख्यामा स्थानीयवासीको उपस्थितीमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।
बि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेन रोड तथा भित्री सडकको दाया बाया रहेका ५ हजार २ सय परिवार वर्षौदेखि लालपूर्जा नपाएको र नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट विगत ८ वर्षदेखि रोक्का प्रक्रिया बन्द गरिएपछि मार्कामा परेका छन् ।
जग्गावापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोवास तथा विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बंैक तथा वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।
संघर्ष समितिले बिटौरी र ब्लक जग्गाको लालपूर्जाका साथै राजविराज बस पार्क अविलम्ब संचालन, राजविराज हटियामा निर्माणाधिन व्यवसाय कम्प्लेक्सको निर्माण कार्य अविलम्ब सम्पन्न गरी व्यवसायीलाई हस्तानान्तरण, सप्तरीको सिमा नाका क्षेत्रमा वर्षौदेखि बन्द रहेको छोटी भन्सार कार्यालयहरुको पुनसंचालन लगायतको ८ बुँदे माग अघि सार्दै दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अनुसार अघिल्लो दिन नगरभरी कालो झण्डा झुण्ड्याउने कार्यक्रम सम्पन्न गरिएको छ भने शुक्रवार स्थानीय गजेन्द्र चौकमा ८ बुँदे मागका पक्षमा हस्ताक्षर संकलन अभियान थालिएको छ । यस्तै बैशाख २१ गते आइतवार नापी कार्यालयमा धर्ना र बैशाख २२ गते सोमवार राजविराज नगरपालिकामा धर्ना दिई कामकाज ठप्प पार्ने घोषणा संघर्ष समितीले गरेको छ ।
बैशाख २४ गते बुधवार संघर्ष समितिको बैठक बसी आन्दोलनको समिक्षा तथा तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने संघर्ष समितिले जनाएको छ ।
प्रथम चरणमा गत फागुन १७ गते राजविराज बन्द कार्यक्रमको आयोजना गरिएपछि तातेको स्थानीय प्रशासनको आश्वासन पश्चात केही दिनका लागि आन्दोलन स्थगित गरेको संघर्ष समितिले माग पुरा गर्न सरोकारवाला निकाय उदासिन बनेको भन्दै पुनः आन्दोलन सुरु गरेका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ