News Category 2082/01/21
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
विभिन्न ८ बुँदे माग अघि सार्दै आन्दोलनरत राजविराज नगरवासीले आईतवार नापी कर्यालय घेराउ गर्दै कार्यालय अगाडी धर्ना बसेका छन् ।
नगर क्षेत्रको विटौरी र ब्लक जग्गाको लालपुर्जाको मागसहित आन्दोलनरत नगरवासीहद्वारा गठित संघर्ष समितिको अगुवाईमा विहान साढे १० बजेदेखि कार्यालय खुल्नासाथ कार्यालय घेराउ र नारावाजी गर्दै धर्ना दिइएको हो ।
एक घण्टा दिइएको धर्नाका कारण कार्यालयको सेवा प्रवाह ठप्प भएको थियो । धर्नामा संघर्ष समितिका पदाधिकारीका साथै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, उद्योग बाणिज्य संघ सप्तरीका सचिव अमृत संचेती, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य ललन मिश्राका साथै ठूलो संख्यामा नगरवासी सहभागि थिए ।
राजविराज नगरपालिका स्थापनाकालदेखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ–बायाँ रहेका ५ हजार २ सय परिवार बर्षौदेखि लालपुर्जा नपाएको र नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट विगत ८ बर्षदेखि रोक्का प्रकृया बन्द गरिएछि मार्कामा परेका छन् । जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोबास तथा विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखि ऋणकर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।
संघर्ष समितिले ब्लक र बिटौरी जग्गाको लालपुर्जाका साथै राजविराज बसपार्क अविलम्व संचालन, हटियामा निर्माणाधिन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्व सकाएर व्यवसायीलाई हस्तान्तरण, नाका क्षेत्रमा बर्षौ देखि बन्द रहेका छोटी भन्सार कर्यालयहरुको पुनर्संचालन लगायतका ८ बुदे माग अघि सार्दै विगत २ महिना देखि आन्दोलित छन् । तर सरोकारबाला निकायले माग सम्बोधन प्रति कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनलाई निरन्तरता दिइएको संघर्ष समितिका संयोजक इरसाद अन्सारीको भनाई छ ।
यता नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रले नापी कार्यालयको डकुमेन्टले गाउँब्लकको जग्गा हो भनी देखाउँदा नगरपालिकाको डकुमेन्टले बिटौरी जग्गा हो भनेर देखाएकाले लालपुर्जा दिन समस्या भएको भन्दै यसको समाधान सम्बन्धित मन्त्रालयबाट नै सम्भव भएको बताए । उनले आफ्नै कार्यकालमा नगरवासीले लालपुर्जा पाउन सकोस भन्ने चाहना राखेको भन्दै यसका लागि आफूले सक्दो पहल गरिरहेको जानकारी समेत दिए ।
संघर्ष समितिले बैशाख २२ गते सोमबार राजविराज नगरपालिका कार्यालयमा समेत घेराउ र धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार नगरका घर र पसल पसलमा कालो झण्डा झुण्ड्याउने, मागका पक्षमा हस्ताक्षर संकलन अभियान, सरकोकारवाला कार्यालयमा धर्ना लगायतका विरोधका कार्यक्रम गरिरहेको छ । यस्तै संघर्ष समितिले बैशाख २४ गते नगरवासीको बृहत भेलाबाट तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ