News Category 2082/01/28
पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
राजविराज नगरपालिका ५ स्थित पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्य रन्जु ठाकुरले आइतबार पोखरीको सौन्दर्यकरण, छठ पूजाघाट निर्माण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्यको शिलान्यास गरिन् ।
सांसद ठाकुरको पहलमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट २०८१÷८२ मा ९० लाखको बजेट बिनियोजन गराइएपछी उक्त पोखरीको सौन्दर्यकरण र तटबन्ध निर्माणको कार्य अघि बढेको हो ।
स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय, शिक्षा समन्वय विकास इकाई कार्यालय तथा सरस्वती टोल निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा छठघाट र सरसफाईको अभावको साथै नजिकैबाट बग्ने भलुवाही खोलाको कटानका कारण छठपर्व लगायत विभिन्न धार्मिक गतिबिधी गर्न भक्तजन तथा आसपासका बासिन्दालाई समस्या हुँदै आएपछी आफूले यसलाई व्यवस्थित गर्न आवश्वक पहल गरेको सांसद ठाकुरको भनाई छ ।
उनले स्थानीयवासीको धेरै दिनदेखीको चाहनालाई पुरा गर्दै हुनलागेको पोखरी सौन्दर्यकरण अन्तरगत चारैतिर पूजाघाट र बगैंचा निर्माण गर्ने योजना रहेको जानकारी समेत दिइन् । उनले यस वर्ष उपलब्ध बजेटबाट पोखरीको दुई साइडमा बाँकी रहेको छठघाट निर्माण, सौन्दर्यकरण तथा कटानबाट जोगाउन तटबन्ध लगायतका निर्माण कार्यको थालनी गरेर आगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेटलाई क्रमशः पोखरीको थप सौन्दर्यकरण र सेवा सुविधा बृद्धि लगायतका काममा खर्चिने प्रतिबद्धता समेत जनाइन् ।
त्यस्तै वर्षौदेखी वर्षायामका बेलामा भलुवाही खोलाले गर्ने कटान र त्यसबाट हुने क्षति रोक्न थालिएको निर्माण कार्य सम्पन्न भएपछी यस बस्ती र आसपासका सयौं जनता लाभान्वित हुने स्थानीयवासी लक्ष्मण यादवको भनाई छ ।
आगामी जेठ मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको नगरपाकिाले जनाएको छ । शिलान्यास समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, वडाअध्यक्ष बन्दुलाल दास, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज माझी, यूवा नेता इर्साद अन्सारी, पार्थो सरकार, संजय झाका ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ