News Category 2082/01/28
हटियाको जग्गा पुनः अतिक्रमण

नवीनकुमार गुप्ता
राजविराज, २८ बैशाख ।
राजविराज नगरपालिकास्थित हटिया बजार तथा आसपासका क्षेत्रहरुमा पुनः सार्वजनिक जग्गा अतिक्रमण हुन थालेको छ । बि.स. २०८० साउन १२ गते नगरपालिकाले अतिक्रमित जग्गा डोजर चलाएर खाली गराएको थियो । वर्षौदेखी स्थानीयले हटियाको जग्गा अतिक्रमण गरेर भोगचलन गर्दै आएका थिए ।
नगरपालिकाले प्रहरीको सहयोगमा हटियाको चारैतिर १०÷१० फिट अतिक्रमण गरि बनाइएका घर, टहरा र पसल लगायतका भौतिक संरचना हटाएको थियो । त्यतिबेला राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिन, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा ठूलो संख्या सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा तीन वटा डोजरको प्रयोग गरि अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाइएको थियो । तर अहिले पुनः ती जग्गा अतिक्रमण भएको छ ।
नुनदेखि सुनसम्म खरीद गर्न पाइने नेपालकै ऐतिहासिक यस हटियामा आधुनिक कम्प्लेक्स निर्माण तथा व्यवस्थित बनाउने भन्दै आ.ब. २०७७÷७८ मा तत्कालिन राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको पालामा खाली गराइएको थियो । सो समयमा हटिया लगाइने स्थान मात्र खाली गराई निर्माण कार्य सुरु भएको थियो । त्यस आसपासका अतिक्रमित जग्गा भने २०८० साल साउन १२ गते डोजर चलाएर खाली गराइएको थियो ।
हटिया खाली गराएको झण्डै पाँच वर्ष बितिसक्दा पनि हटियाको पुर्ननिर्माणको काम अझै सम्पन्न हुन सकेको छैन् । निर्माण कार्य अझै चलिरहँदा त्यहाँ बनाइएको नाला, पेटी तथा सडक समेत अहिले अतिक्रमण हुँदै गएको छ । यसरी कार्य सम्पन्न नहुँदैको अवस्थामा बनाईएको सडक, नाला, पेटी फेरी अतिक्रमणमा पर्दा सर्वसाधारणलाई आवत जावतमा कठिनाई हुँदै आएको छ ।
सडक पेटीमै दुवैतर्फ पसल थापेर व्यापार गर्न थालिएपछि साँझ पख आउजाउ गर्नमा समस्या हुँदै आएको भएपनि नगरपालिकाले त्यसलाई व्यवस्थित बनाउन सकेको छैन् ।
राजविराज नगरपालिका वडा नं. ७ का सदस्य रामानन्द देवले घरटहरा अतिक्रमण हटाएर नाला, सडक, पेटी निर्माण भएपछि पनि व्यापारीहरुले नालादेखि सडक पेटी सम्ममा पसल थाप्नु गलत भएको भन्दै अझ उनीहरुले सोही स्थानमा अस्थायी रुपमा घेरबेर गर्न समेत थालेको बताए ।
उनले यस बारे स्थानीय हटियावासीलाई सम्झाउनुका साथै नगरपालिकामा पनि जानकारी गराउँदा कुनै सुनुवाई नभएको लाचारी व्यक्त गरे ।
हटियामा अतिक्रमण गर्नेको बर्चस्व रहेको बेला राजविराजस्थित अदालत रोडमा पनि सडक पेटी अतिक्रमण गरिएको छ । उच्च अदालत जनकपुर राजविराज इजलासदेखि राममन्दिर सम्मको करिव पाँच सय मिटर बाटोमा सडकपेटी र सडक नै छेकेर फुटफाटे पसल थापेर सडक पेटी अतिक्रमण गरिएको हो ।
अदालत रोडमा पैदल यात्री हिड्नका लागि बनाइएको पेटी कतै खालि देखिदैन् । मालपोत कार्यालय सप्तरी अगाडी र त्यसको वरिपरि सडक पेटीमा होटल देखि फुटपाटे पसल र पार्किङले आवत जावतमा कठिनाई हुँदै आएको भएपनि राजविराज नगरपालिका मौन बसेको छ ।
सडकपेटीमा मात्र नभई अदालत रोडको झण्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिएको हो । सडकपेटी र सडक नै छेकेर व्यापार गर्नेहरुमा तरकारी र फलफुल व्यवसायीदेखी चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछि ओहोर दोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।
खानेपनी मोड देखि राममन्दिर सम्मको अदालत रोडमा जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, कर कार्यालय, जिल्ला अदालत, वन डिभिजन कार्यालय, उच्च अदालत, मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरु छन् । यो सडक विदाको दिन बाहेक सधैं अदालत रोड सेवाग्राहीले भरिभराउ हुन्छ ।
एकातिर कार्यालयहरुमा आउने सेवाग्राहीहरुको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामग्री किन्न आउने उपभोक्ताको अध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउनुले सर्वसाधारणलाई आवत जावतमा समस्या भएको स्थानीयवासी दुखा चौधरीले बताए ।
कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामग्री थुपारि दिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको बनाएको उनको भनाई छ ।
सडकपेटी अतिक्रम हटाउन राजविराज नगरपालिका संग समन्वय गर्ने कार्य भईरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । उनले हटियामा निर्माणधिन सपिङ्ग कम्पलेक्सको निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएपछि धेरै हदसम्म यो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले सडक पेटी अतिक्रम छिट्टै हटाईने बताईन् ।“अतिक्रम भएको जनगुनासो आएको छ, नगरपालिकाले छिट्टै नै अतिक्रमण हटाएर आवागमलाई सहज बनाउने छ” परवीनले भनिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ