News Category 2082/01/29
राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
गत सातामात्रै सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले हस्तान्तरण गरेको राजविराज बसपार्क आउँदो एक साता भित्रै उद्घाटन गरिने तयारी गरिएको छ ।
सोमवार राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परविनको अगुवाईमा तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सरोकारवाला निकायहरूको टोलीले स्थलगत निरिक्षण गर्दै बसपार्क सुचारू गर्न सम्पुर्ण तयारी पूरा भएको जानकारी दिदै एक साता भित्रै उद्घाटन गरिने जनाइएको छ ।
कार्यवाहक नगरप्रमुख परविनले राजविराज बसपार्कको स्थलगत अवलोकन तथा निरीक्षण कार्य सम्पन्न भईसकेकोले उद्घाटनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका बताए ।
बसपार्क संचालनमा आएपछि बर्षौदेखी राजबिराज नगरको मुख्य सडकमा देखिएको सवारीहरुको चापसँगै बजारको अस्तब्यस्त अबस्थामा सुधार आउने उनको भनाई छ ।
शहरी विकास मन्त्रालयको १५ करोड ६० लाख रुपैयाँमा नव निर्मित बसपार्कको २०७४ साल पुष १९ मा सिनर्जी विल्डर्स प्रालि कुलेश्वर १४ काठमाडौंले ठेक्का सम्झौता गरेको थियो । बसपार्कको पहिलो पटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोश्रो पटक २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तश्रो पटक २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिलान्यास गरेका थिए । तर, निर्माण काम अगाडी बढ्न सकेको थिएनन् ।
पछिल्लो पटक (चौथो पटक) २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गरेका थिए ।
राजविराजको राजदेवी चौक स्थित १९ हजार ६ सय ४४२ वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष तथा मुख्य प्रवेशद्वार, टिकट काउन्टर र बेटिङ एरिया सहित पुरुष शौचालय, २ वटा पसल र शौचालय, रेष्टुरेन्ट, मिनीमार्केट हल, बैंक ब्रान्च, पाँच तल्ले क्लक टावर, दुईवटा गार्ड हाउस, दुईवटा मेन गेट पब्लिक शौचालय र सर्भिस सेन्टर लगायतको संरचना निर्माण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ