News Category 2082/01/30
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको दुईवटा पालिकाका आधा दर्जन भन्दा बढी विद्यालयहरुले अनुमति लिएको भन्दा बढी माथिल्लो कक्षामा भर्ना लिई कक्षा संचालन गरिरहेको पाइएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले बैशाख २८ गतेदेखी सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा कञ्चनरुप नगरपालिकामा दुई र हनुमाननगर कंकालिनी नगरपालिकामा ६ गरि आठ वटा विद्यालयहरुले अनुमति पाएको भन्दा बढी माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाईएको हो ।
उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा संचालन नगर्न नगराउन बैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले बैशाख २८ गतेदेखी विद्यालयहरुको स्थलगत निरिक्षण तथा अनुगमन सुरु गरेको छ ।
मंगलवार कञ्चनरुप नगरपालिकास्थित ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिए पनि ७ कक्षा सम्म विद्यार्थी भर्ना गरि पठनपाठन गराई रहेको पाइएको छ । यस्तै माउन्ट एभरेष्ट विद्या मन्दिरले ६ कक्षा सम्मको अनुमति प्राप्त गरे पनि ८ कक्षा सम्मको पठनपाठन सञ्चालन गरिरहेको पाईएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत एवं अनुगमन टोली प्रमुख कमलनाथ यादवले जानकारी दिए ।
यसअघि आईतवार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा सोही टोलीले अनुगमन गर्दा ६ वटा निजी विद्यालयहरुले अनुमति नलिएर कक्षा संचालन गरेको पाइएको थियो ।
अनुगमन टोलीका प्रमुख यादवले विधि प्रक्रिया नपु¥याका तथा अनुमति विना संचालनमा रहेका त्यस्ता विद्यालयहरु उपर कानुनी कारबाही हुने बताए । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत यादवसहित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिवनाथ मण्डल र शाखा प्रमुख हरिनारायण साह लगायत टोलीमा सहभागि छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ