News Category 2082/02/01
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत, लेखापालसहित ८ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।
१० वटै वडामा भएको उच्चस्तरीय पोललाईट जडान कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, लेखापाल अनिता परियारसहित ८ जना विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आरोपपत्रमा समेटिएका मध्ये ७ जना कर्मचारी र एक जना निर्माण कम्पनीका प्रोपराईटर छन् ।
आर्थिक बर्ष २०७८÷०७९ मा उक्त पालिकामा विजुलीको पोलमा उच्च स्तरीय पोललाईट जडान कार्यमा कमसल खालको स्ट्रीटलाईट खरिद गरि फर्जि बिल बनाई पुरै रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै ८ जना विरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।
अख्तियारद्वारा उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल परियारका साथै ईन्जिनियर कुलानन्द बिराजी, ईन्जिनियर रामाकान्त चौधरी, सवईन्जिनियर संजय कुमार यादव, योजना शाखामा शाखा अधिकृत विनोद कुमार ठाकुर र योजना शाखामा सहायकस्तर पाँचौँ तहमा कार्यरत निकिता चौधरी विरुद्ध आरोपपत्र दायर गरिएको छ ।
यस्तै उक्त निर्माण कार्यमा संलग्न रहेका जि.एस. निर्माण सेवा र कम्पनीका प्रोपराइटर बिजयकुमार यादव विरुद्ध पनि अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
आरोपपत्रमा २०७८÷०७९ मा नगरका सम्पूर्ण वडामा १४८ थान एलइडी स्ट्रीट लाइट जडान कार्यका लागि ४८ लाख २४ हजार ८ सय ७४ कबोल अंक भएको खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन, नियम र कार्यविधी विपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलोमतोमा आफूहरुलाई गैरकानुनी लाभ र नगरपालिकालाई हानी पु¥याउने काम भएको उल्लेख छ ।
उक्त कार्यको गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरि ३ लाख ९२ हजार २ सय निर्माण व्यवसायीलाई भुक्तानी भएको तथा लागत अनुमान तयार गर्दा अस्वभाविक मुल्य राखेको पाइएकोले मुल्य भन्दा बढी भुक्तानी भएको २१ लाख १२ हजार ३ सय ३० समेत गरी कुल २५ लाख ४ हजार ५ सय ३० रुँपैया हानी नोक्सानी भएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम कारवाही गर्न आरोप पत्र मार्फत माग समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ