News Category 2082/02/01
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
दुग्ध उत्पादक सहकारी संघ लि. अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ महुलीले किसानहरुले उत्पादन गरेको दुध संकलन गरि विभिन्न उद्योगलाई विक्री वितरण गर्दै आएकोमा ती उद्योगहरुले विगत ७ महिनादेखी भुक्तानी नदिएको भन्दै रकम उपलब्ध गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गरेको छ ।
संस्थाका अध्यक्ष दिपेन्द्र कुमार आचार्यको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका भुक्तानी पाउन बाँकी रहेकाहरुको एक टोलीले लामो समयदेखी भुक्तानी पाउँन नसक्दा किसानहरु विचलित भई पेशा व्यवसायवाट पलायन हुने अवस्था आएकोले किसानको दुधको रकम भुक्तानीका लागि आवश्यक सहयोगका गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको अनुरोध पत्रमा पाँच वटा सहकारी संस्थाले लाखौं रकम बराबरको दुध बिक्रि गरेपनि अझै भुक्तानी पाउन नसकेको भन्दै आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
सोही पत्रमा आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी सस्था ली. महुलीलाई विगत सात महिनादेखी बिराटनगर दुग्ध बितरण आयोजनाले २ करोड ५५ लाख ५५ हजार ७ सय ३३ रुपैया र मिलन डेरी उद्योगले विगत २ वर्षदेखी ४ लाख ३१ हजार ४ सय ८० भुक्तानी नदिएको जनाइएको छ ।
त्यस्तै राम नगर कृषि सहकारी संस्था ली. बलान बिहुललाई सन्तोषि डेरी उद्योग लहानले ४ लाख ४७ हजार ९ सय ६४ रुँपैया तथा मनकामना वहुमुखी सहकारी संस्था ली फक्तेपुरलाई हिमाल डेरी उद्योग धरानले २९ लाख १४ हजार ८ सय ७१ र बाबा बैजनाथ पेडा भण्डार बरमझियाले ९ लाख ८० हजार ७ सय २१ रुँपैया तिर्न बाँकी रहेको उल्लेख छ ।
यसैगरि किसान बचत तथा ऋण सहकारी संस्था ली. बिरेन्द्रबजारलाई छिन्नमस्ता डेरी उद्योग राजविराजले ३ लाख ५० हजार र जयकिशोर यादवले २ लाख ३५ हजार तथा त्रियुगा बहुमुखी सहकारी
संस्था ली. फक्तेपुरलाई बिराटनगर दुग्ध बितरण आयोजना (आदर्श सहकारी मार्फत) ९ लाख १९ हजार ३२ रुँपैया तिर्न बाँकी रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ