News Category 2082/02/01
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
दुग्ध उत्पादक सहकारी संघ लि. अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ महुलीले किसानहरुले उत्पादन गरेको दुध संकलन गरि विभिन्न उद्योगलाई विक्री वितरण गर्दै आएकोमा ती उद्योगहरुले विगत ७ महिनादेखी भुक्तानी नदिएको भन्दै रकम उपलब्ध गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गरेको छ ।
संस्थाका अध्यक्ष दिपेन्द्र कुमार आचार्यको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका भुक्तानी पाउन बाँकी रहेकाहरुको एक टोलीले लामो समयदेखी भुक्तानी पाउँन नसक्दा किसानहरु विचलित भई पेशा व्यवसायवाट पलायन हुने अवस्था आएकोले किसानको दुधको रकम भुक्तानीका लागि आवश्यक सहयोगका गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाइएको अनुरोध पत्रमा पाँच वटा सहकारी संस्थाले लाखौं रकम बराबरको दुध बिक्रि गरेपनि अझै भुक्तानी पाउन नसकेको भन्दै आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
सोही पत्रमा आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी सस्था ली. महुलीलाई विगत सात महिनादेखी बिराटनगर दुग्ध बितरण आयोजनाले २ करोड ५५ लाख ५५ हजार ७ सय ३३ रुपैया र मिलन डेरी उद्योगले विगत २ वर्षदेखी ४ लाख ३१ हजार ४ सय ८० भुक्तानी नदिएको जनाइएको छ ।
त्यस्तै राम नगर कृषि सहकारी संस्था ली. बलान बिहुललाई सन्तोषि डेरी उद्योग लहानले ४ लाख ४७ हजार ९ सय ६४ रुँपैया तथा मनकामना वहुमुखी सहकारी संस्था ली फक्तेपुरलाई हिमाल डेरी उद्योग धरानले २९ लाख १४ हजार ८ सय ७१ र बाबा बैजनाथ पेडा भण्डार बरमझियाले ९ लाख ८० हजार ७ सय २१ रुँपैया तिर्न बाँकी रहेको उल्लेख छ ।
यसैगरि किसान बचत तथा ऋण सहकारी संस्था ली. बिरेन्द्रबजारलाई छिन्नमस्ता डेरी उद्योग राजविराजले ३ लाख ५० हजार र जयकिशोर यादवले २ लाख ३५ हजार तथा त्रियुगा बहुमुखी सहकारी
संस्था ली. फक्तेपुरलाई बिराटनगर दुग्ध बितरण आयोजना (आदर्श सहकारी मार्फत) ९ लाख १९ हजार ३२ रुँपैया तिर्न बाँकी रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ