News Category 2082/02/01
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
गृहमन्त्री रमेश लेखकले काँग्रेस एमाले मिलेर देशमा राजनीतिक स्थिरता कायम गर्न सरकार बनाएको बताएका छन् ।
देशमा स्थिर सरकार बनेकै कारण अहिलेको प्रधानमन्त्रीलाई प्रत्येक ३÷३ महिनामा विश्वासको मत लिनु नपरेको र अविश्वासको प्रस्ताव पनि नआएको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले एमालेसंग सरकार बनाएको १० महिनामा देश आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी दिए ।
“यो मैले भनेको होईन, राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनको आधारमा भनेको हुँ” उनले भने, “एमालेसँग सरकार बनेको १० महिनाको समयमा अवस्थामा अहिले परिवर्तन भएको छ ।”
१० महिनाको अवधीमा सरकारले बैदेशिक मुद्राको संचितीमा बृद्धि, राजश्व संकलनमा सुधार, आयात घटाएर निर्यातमा बृद्धि सँगै बजार मुल्य नियन्त्रणमा समेत उल्लेखनीय काम गरेको उनको भनाई छ ।
सरकार बनेको १० महिनामा आर्थिक स्थितिमा सुधार ल्याउँदै धरै कानुनहरु बनेको यसले संविधानको कार्यान्वयन हुनुका साथै संघीयतालाई बलियो बनाउने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।
केही मानिस र समुहले देशमा निराशाको खेती गर्दै दिनहुँ सरकार ढल्ने प्रचारवाजी गरिरहेकोले त्यसमा कुनै सत्यता नरहेको उल्लेख गर्दै उनले काँग्रेस एमालेबीच कुनै विवाद नरहेकोले हल्लाको पछि नलाग्न आग्रह गरे ।
वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको भन्दै उनले देशका हरेक समस्या क्रमिक रुपमा समाधान गर्न आफुहरु क्रियाशिल रहेको जनाए । नेपाली काँग्रेस र एमाले बीच भएको ७ बुंदे सहमती अनुसार नै सरकार अघि बढेको भन्दै उनले सरकार संचालनमा कुनै पनि बाधा, अडचन र आपसी मतभेद नरहेका स्पष्ट पारे ।
नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तीमा भईरहेको ढिलाई बारे संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफमा उनले चाडै गर्भनर नियुक्ती हुने जनाए । “अबको केही दिनभित्रै गर्भनर नियुक्तको प्रक्रिया टुङ्गयाईने छ” उनले भने ।
पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव लगायतको पनि उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ