News Category 2082/02/04
प्रजातन्त्र सेनानी लालदेवको निधन

राजविराज÷नेपाली काँग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी लालदेव यादवको निधन भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका ३ निवासी ९५ बर्षीय यादवको शुक्रबार निवासमै निधन भएको हो । उनको शनिवार अन्त्येष्टि गरिएको छ ।
घरमा परम्परागत संस्कार सकेपछि घर नजिकैको फूलवारीमा उनको अन्त्येष्टि गरिएको छ । यादवका जेष्ठ सुपुत्र इन्द्रदेवले यादवको पार्थिव शरीमा दागवती दिएका थिए । यादवको इन्द्रदेव, देवेन्द्र, कृष्णदेव र विष्णुदेव गरी चार छोरा, छोरी अम्बिका र श्रीमती बिमला देवी छन् ।
प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राजगढ गाउँपालिकाका निवर्तमान अध्यक्ष परमानन्द यादव, राजगढ गाउँपालिका नेपाली काँग्रेस गाउँ कमिटिका सभापति दीपेन्द्र यादव सहितका नेताले काँग्रेसको चारतारे झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
अन्त्येष्टि स्थलमा काँग्रेसका नेता कार्यकर्ताका साथै जसपा नेपालका नेता लक्ष्मण यादव तथा ठूलो संख्यामा उपस्थित स्थानीयले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनको निधनले दल विशेष मात्र नभएर प्रजातन्त्रको रक्षा र विकास चाहने सबैलाई क्षति भएको प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली काँग्रेस सप्तरीका पूर्वसभापति दिनेश यादवको भनाई छ ।
उनले राणाशासनदेखी पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा यादवले गरेको योगदान अविस्मरणीय रहेको बताए । राजगढ गाउँपालिकास्थित जनता शंकर उच्चमाविका लागि निशुल्क जग्गा प्रदान गरेका यादव राजनीतिसँगै समाज सेवा क्षेत्रमा समेत उत्तिकै योगदान गर्दै आएका थिए ।
विद्यार्थी अवस्थादेखी नै काँग्रेस राजनीतिमा होमिएका यादव कैयौं पटक विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग आन्दोलनका क्रममा पक्राउ परी सँगै जेल जिवन बिताएका थिए । हनुमाननगर जेल ब्रेकमा समेत उनी सहभागि थिए ।
आन्दोलनकै क्रममा उनले अनेकौं पटक भारतको निर्मली र दरभंगासम्म पुगेर राणाशासन र पंचायती व्यवस्था बिरुद्धको पर्चा, पम्प्लेट छपाएर ल्याउने र यस क्षेत्रमा बितरण गर्ने गरेका थिए । सो बारे प्रहरीले पत्ता लगाएपछी पक्राउ गर्न खोज्दा झण्डै १५ वर्षसम्म सीमावर्ती भारतीय क्षेत्रमा बसेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउने काम उनले गरेका थिए ।
उनी २०४९ सालमा उक्त पालिकाको तत्कालिन वडा नं. ९ मा सर्वाधिक मत ल्याई नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछी क्षेत्र र जिल्ला कमिटिको विभिन्न पदमा रहनुका साथै महासमिति र महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी सम्हालेका थिए ।
उनको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूरणीय क्षति पुगेको स्थानीयवासीको भनाई छ । उनको निधनले परिवारमात्र नभई उनका गाउँले र शुभचिन्तक सबै शोकमा डुबेको राजगढ गाउँका बासिन्दाहरुले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/19 जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
- 2082/05/19 न्यायाधीशहरूको बिदाइ तथा सम्मान
- 2082/05/18 एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”
- 2082/05/17 मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
- 2082/05/17 भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
- 2082/05/17 पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ