News Category 2082/02/04
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार अदालतबाट कैद सजाय तोकी फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठगि मुद्दाका सप्तरीको तिरहुत गाउँपालिका २ का सुमन कुमार मिश्रा छन् । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ वर्ष ११ महिना १० दिन कैद सजाय तोकेको थियो ।
यस्तै लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी सप्तरीको डाक्नेश्वरी नगरपालिका २ निवासी सन्तोष कुमार साह पनि पक्राउ परेका छन् । सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई एक वर्ष सजाय कैद हुने ठहर गरेको थियो ।
यसैगरि सोही मुद्दामा सप्तरी जिल्ला अदालतबाट २ महिना कैद सजाय तोकिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी बद्री मुखिया पनि पक्राउ परेका छन् । उनलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा दुई महिना कैद सजाय हुने फैसला गरेको थियो ।
अदालतको फैसलापछी फरार रहेका उनीहरुलाई खोजतलासका क्रममा गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरुलाई आइतबार नै कैद सजाय भुक्तानका लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ