News Category 2082/02/07
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
सप्तरी जिल्लामा शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको भन्दै प्याव्सन र एन प्याव्सन सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्याव्सन सप्तरी अध्यक्ष उग्रकान्त झा र एन प्याव्सन सप्तरी अध्यक्ष नरेशप्रताप साहले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै जिल्लामा अनुमति नै नलिई र अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गराएर नीजि विद्यालयहरुले विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
“विद्यार्थी भर्ना गर्दा आइमिस भर्नुपर्ने हुन्छ । तर, अनुमति नपाएर संचालनमा रहेका विद्यालयहरुले आफ्नोमा अध्यापन गराई अन्यमा विद्यार्थीहरुको आइमिस भर्दै आएका छन् । यो शिक्षा क्षेत्रमा देखिएको ठूलो भ्रष्टाचार र बेथिति हो । यसलाई रोक्न नसकिए विद्यार्थीको भविष्यसँगै शिक्षा क्षेत्र नै तहसनहस हुनेमा कुनै शंका छैन् ।” विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उच्च अदालत जनकपुर, राजविराज इजलासले पनि अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेशपछि पनि त्यस्ता नीजि विद्यालयहरु संचालन भइरहेको पाइएकोले शिक्षा विकास तथा समन्वय इकाईको नेतृत्वमा अनुगमन गरिरहेको कार्यप्रति धन्यवाद समेत दिइएको छ ।
सोही विज्ञप्तिमा अनुगमन पश्चात पनि ती विद्यालयहरु संचालनमा रहेको पाइएकोले अदालतको मानहानी हुने ठहर गर्दै यस्ता कार्यले समग्र विद्यालयको इज्जत प्रतिष्ठामा समेत आँच पु¥याउने भएको उल्लेख छ ।
कानुनको अधिनमा रही कामकाज गर्न÷गराउन र विद्यालय संचालन गर्न सबैसँग आग्रह गर्दै अझ पनि कानुन विपरित काम गरेको पाइए र सम्बन्धित निकायले कार्वाही गर्दा संगठनले केहि गर्न नसक्ने व्यहोरा जानकारी समेत विज्ञप्ति मार्फत गराइएको छ । साथै सम्बन्धित निकायले पनि यसतर्फ गम्भीर भई विद्यार्थीको भविष्यबारे सोचिदिन र शिक्षा क्षेत्रको बेथितिलाई रोकिदिन सम्बन्धित निकायसँग माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ