News Category 2082/02/07
फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट गरेको आरोपमा नन्द मरियम पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
श्रीमानबाट फोनबाटै “तलाक” पाएकी सनिजालाई कुटपिट तथा अन्य गतिविधी मार्फत दुःख दिएको आरोपमा उनका नन्दलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ निवासी सनिजा खातुनलाई कुटपिट तथा अनय गतिविधि मार्फत दुःख दिएको आरोपमा उनका नन्द मरियम खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मरियमलाई बुधबार नै सप्तरी जिल्ला अदालतबाट ठगि तथा आपराधिक विश्वासघात मुद्दामा तीन दिनको म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायक उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
सासु आयसा र नन्द मरियमको कुटाइबाट घाइते भएकी सनिजाको विगत चार दिनदेखी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालको आकस्मिक कक्षको १४ नंं बेडमा भर्ना भई उपचारत सनिजाले आपृm र छोरालाई यो अवस्थामा सासृु आयशा खातुन र नन्द मरियम खातुनले पु¥याई दिएको बताएकी छिन् ।
उनका श्रीमान मो.आकुब विगत २ वर्ष देखी रोजगारीका सिलसीलामा कतारमा छन । सासु र नन्दले श्रीमान आकुबलाई झुठो कुरा पु¥याएर तलाकको अवस्थामा समेत पु¥याई दिएको उनले पीडा पोख्दै आएकी छिन् ।
उपचारका लागी काखे छोरा सहित अस्पताल भर्ना रहेकी सनिजाले विवाहको ३ वर्ष भन्दा बढी भइसक्दा पनि श्रीमानले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाइ दिन फोनबाट पहलका लागी आग्रह गर्दा रिसाउने गरेको बताएकी छिन् ।
उनले गत मंसिर १९ गते साँझ आफु गाउँको एक आफन्तको बैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, औठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको र सो बारे इलाका प्रहरी कार्यालय पातो र्हुँदै जिल्ला प्रहरी कार्यालय सम्म पुगेर उनी बिरुद्ध ठगि तथा आपराधिक विश्वासघात मुद्दामा उजुरी दिएको बताईन ।
यता मरियमलाई पक्राउ गरिएपछी सनिजा र उनका आफन्तले आफूहरुले प्रारम्भिक न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ