News Category 2082/02/07
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
आफूलाई झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्ध एकल महिलाले आरोप लगाएकी छिन् ।
सप्तरीको बलान बिहुल गाउँपालिका ६ रामनगर टोलकी ७६ वर्षिया खटरीदेवी यादवनीले यस्तो आरोप लगाएकी हुन् । मन्दिरलाई जग्गा दिने भनी झुक्याएर कागजातमा हस्ताक्षर गराई छिमेकी गजेन्द्र प्रसाद यादवले आफ्नो श्रमितीको नाउँमा उक्त जग्गा पास गराएको भन्दै सोको छानबिन, दोषिलाई कारवाही तथा जग्गा फिर्ताका लागि पहल गरिदिन सबैसँग सहयोगको याचना गरेकी हुन् ।
गाउँमा कतै कुनै पहल नभएपछी न्याय खोज्दै बुधबार सदरमुकाम राजविराज आइपुगेकी उनले सरोकारवाला निकायका प्रमुख र संचारकर्मीहरुलाई भेट्दै सहयोगका लागि अपील गरिन् । उनले राजबिराजस्थित भुमी, सुधार तथा मालपोत कार्यालयमा लेखापढी ब्यवसायीको काम गर्दै आएका छिमेकी गजेन्द्र प्रसाद यादवले आप्mनो नाममा रहेको कित्ता नं.८६ को ५ कठ्ठा १४ धुर तथा कित्ता नंं.ं २४९ को २ कठ्ठा जग्गा धोखा दिएर आप्mनी श्रीमती मन्जुको नाममा पास गराएको बताईन ।
निसन्तान एकल महिलाका श्रीमान झौली यादवको ९ महिना अघि मात्र निधन भएको थियो । उनका अनुसार गाउँ मै रहेको कल्याणेश्वर महादेव मन्दिरको आधुनिकीकरण तथा आम्दानीको श्रोत बढाउन श्रीमान जिवीत रहेकै बखत उक्त जग्गा मन्दिरको नाममा दान गर्ने आफु दुईबीच सल्लाह भएको थियो ।
सो कुरा यादव दम्पतीले छिमेकी गजेन्द्रलाई पनि जानकारी गराएका थिए । श्रीमानको मृत्यु भएपछि उनको इच्छा पुरा गर्न आफुले लेखापढी व्यवसाय गर्दै आएका छिमेकी गजेन्द्रको साथ र सहयोग खोज्दा ठगिएको खटर देवीको भनाई छ ।
गजेन्द्रलाई मन्दिरको नाममा जग्गा कसरी दिने ? भन्ने प्रकृया बारे सहयोग माग्दा मलाई मालपोत कार्यालयमा पु¥याएर धोखामा पारी आफ्नो श्रीमती मञ्जुको नाममा पास गराएको उनले सुनाईन । उनले यस बारे बैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा गजेन्द्र बिरुद्ध उजुरी दिएको बताइन् ।
यता गजेन्द्रले भने आफुले कुनै धोखा नदिएको र उक्त जग्गा खटरीका श्रीमान झौली जीवित हुदै बखत नै आफुले २१ लाखमा खरिद गरेको दाबी गरेका छन । उनले झौली संग आफनो लेनदेनको कारोबार हुने गरेको र उनी संग लिन बाँकी रहेको रकममा केही थपेर २१ लाखमा जग्गा खरिद गरेको दाबी गरेका छन । उनले जग्गा पास गर्न खटरी देवी स्वेच्छाले मालपोत कार्यालयमा आएको र स्वेच्छाले नै मन्जुको नाममा रजिष्ट्रेशन पास गरेको बताएका छन ।
बलान विहुल गाँउपालिकाका अध्यक्ष खेमचन्द यादवले उक्त विषयमा पीडीत भनिएकी खटरी देवीबाट न्यायीक समितीमा समेत उजुरी परेको र त्यसबारे न्यायीक समितीले छानबिन गरीरहेको जनाएका छन । उनले यसबारे आफ्नो स्तरबाट समेत सत्यतथ्य पत्ता लगाउने काम थालिएको र चाडै निष्कर्षमा पुग्ने जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ