News Category 2082/02/08
सांसद साहद्वारा अस्पतालको निरिक्षण
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामीको चाप बढेपछि विभिन्न समस्याले ग्रस्त बनेको विषयमा गुनासो आएपछि मधेश प्रदेश सांसद किरण साहले अस्पतालको बिहीबार स्थलगत निरिक्षण गरेकी छिन् ।
बिरामीहरुले फोन गरेर विभिन्न समस्या बारे जानकारी गराएपछी आफू स्थलगत निरिक्षण र बिरामीरुहको गुनासो सुन्न अस्पताल पुगेको सांसद साहले संचारकर्मीहरुलाई बताइन् ।
उनी अस्पतालका वार्ड वार्डमा पुगेर बिरामी र उनका आफन्तलाई भेट्दै समस्या बारे जानकारी लिएकी छिन । सो क्रममा अधिकांश बिरामी र उनका आफन्तले सरसफाई, शौचालयमा चुकुल नभएको वेडका ओछ्यान धुलाईमा ढिलाई भएको, स्वच्छ खोनपानी र निशुल्क औषधी बितरण लगायतका विषयमा समस्या रहेको जानकारी गराएका थिए ।
सांसद साहलाई केही बिरामीका आफन्तले महिला वार्डको पुरानो भवन ठाउँ ठाउँमा चर्केको तथा कुनै बेला पनि भत्किने अवस्थामा रहेको भन्दै यसको जिर्णोद्धारका लागि समेत पहल गर्न आग्रह गरेका थिए ।
उल्लेखीत समस्याहरु समयमै समाधान नहुँदा बिरामी र उनका आफन्तले समस्या भोग्नुपरेको पीडा बारे सांसद साहले तत्कालै मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई बोलाई आवश्यक जानकारी लिएका थिए । उनले अस्पतालमा देखिएका स–साना समस्या तत्काल समाधान गर्न निर्देशन सहित यहाँबाट सम्भव नभएका आवश्यक कार्यका लागि आफूले माथिल्लो निकायमा पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ