News Category 2082/02/08
सांसद साहद्वारा अस्पतालको निरिक्षण
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामीको चाप बढेपछि विभिन्न समस्याले ग्रस्त बनेको विषयमा गुनासो आएपछि मधेश प्रदेश सांसद किरण साहले अस्पतालको बिहीबार स्थलगत निरिक्षण गरेकी छिन् ।
बिरामीहरुले फोन गरेर विभिन्न समस्या बारे जानकारी गराएपछी आफू स्थलगत निरिक्षण र बिरामीरुहको गुनासो सुन्न अस्पताल पुगेको सांसद साहले संचारकर्मीहरुलाई बताइन् ।
उनी अस्पतालका वार्ड वार्डमा पुगेर बिरामी र उनका आफन्तलाई भेट्दै समस्या बारे जानकारी लिएकी छिन । सो क्रममा अधिकांश बिरामी र उनका आफन्तले सरसफाई, शौचालयमा चुकुल नभएको वेडका ओछ्यान धुलाईमा ढिलाई भएको, स्वच्छ खोनपानी र निशुल्क औषधी बितरण लगायतका विषयमा समस्या रहेको जानकारी गराएका थिए ।
सांसद साहलाई केही बिरामीका आफन्तले महिला वार्डको पुरानो भवन ठाउँ ठाउँमा चर्केको तथा कुनै बेला पनि भत्किने अवस्थामा रहेको भन्दै यसको जिर्णोद्धारका लागि समेत पहल गर्न आग्रह गरेका थिए ।
उल्लेखीत समस्याहरु समयमै समाधान नहुँदा बिरामी र उनका आफन्तले समस्या भोग्नुपरेको पीडा बारे सांसद साहले तत्कालै मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई बोलाई आवश्यक जानकारी लिएका थिए । उनले अस्पतालमा देखिएका स–साना समस्या तत्काल समाधान गर्न निर्देशन सहित यहाँबाट सम्भव नभएका आवश्यक कार्यका लागि आफूले माथिल्लो निकायमा पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ