News Category 2082/02/08
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
जनसंख्याको अधारमा लोकसेवा मार्फत जनसहभागीता र विभिन्न कुलतबाट युवाहरुलाई जोगाउने उद्देश्यका साथ सप्तरीको राजगढ गाउँपालिकामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
राज्यको मुल प्रवाहीकरणमा मधेसी समुदायको उल्लेख्य सहभागिता गराउने उद्देश्यले जनचेतनामूलक नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम अन्तर्गत बिहीबार लोकसेवा परीक्षा तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले विगतमा मधेसी समुदाय नेपालको पहाडी तथा हिमाली जिल्लाहरु उल्लेख्य संख्यामा विद्यालयहरुमा गणित र विज्ञानको शिक्षक तथा प्राविधिक लगायतका क्षेत्रमा रहदै आएकोमा अहिले सो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे ।
मधेसी आयोग ललितपुरको आयोजना तथा राजगढ गाउँपालिकाको सहकार्यमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षणको व्यवस्था समेत मिलाइएको छ ।
मधेसी आयोगका सदस्य अभासेतु सिंहको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, उपाध्यक्ष रेणु कुमारी मण्डल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वरिष्ठ प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराई, प्रहरी निरिक्षक राकेश राई, मनिष श्रेष्ठ, राजगढ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा लगायतध स्को उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ