News Category 2082/02/08
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
जनसंख्याको अधारमा लोकसेवा मार्फत जनसहभागीता र विभिन्न कुलतबाट युवाहरुलाई जोगाउने उद्देश्यका साथ सप्तरीको राजगढ गाउँपालिकामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
राज्यको मुल प्रवाहीकरणमा मधेसी समुदायको उल्लेख्य सहभागिता गराउने उद्देश्यले जनचेतनामूलक नैतिकवान मधेस तथा सशक्त नैतिक शिक्षा कार्यक्रम अन्तर्गत बिहीबार लोकसेवा परीक्षा तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले विगतमा मधेसी समुदाय नेपालको पहाडी तथा हिमाली जिल्लाहरु उल्लेख्य संख्यामा विद्यालयहरुमा गणित र विज्ञानको शिक्षक तथा प्राविधिक लगायतका क्षेत्रमा रहदै आएकोमा अहिले सो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे ।
मधेसी आयोग ललितपुरको आयोजना तथा राजगढ गाउँपालिकाको सहकार्यमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रशिक्षणको व्यवस्था समेत मिलाइएको छ ।
मधेसी आयोगका सदस्य अभासेतु सिंहको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, उपाध्यक्ष रेणु कुमारी मण्डल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वरिष्ठ प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराई, प्रहरी निरिक्षक राकेश राई, मनिष श्रेष्ठ, राजगढ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झा लगायतध स्को उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ