News Category 2082/02/08
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले आफ्नै कार्यालयका योजना अधिकृत मनोज यादवसहितका केही ब्यक्तिहरुलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन ।
नगरपालिकाको विभिन्न फाँट र आफ्नो कार्यकक्षमा समेत पसेर तोडफोड र गालीगलौज गर्दै उपद्रव मच्चाएको भन्दै उनीहरु बिरुद्ध बिहीबार प्रहरीमा उजुरी दिएकी हुन् ।
वडाअध्यक्ष शशी चौधरी, जयनारायण मण्डल तथा सरसफाई कर्मचारीसहित जिल्ला प्रहरी कार्यालय पुगेकी कार्यवाहक मेयर परवीनले प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई उजुरी पत्र बुझाउँदै यस्तो माग गरेकी छिन ।

उक्त कार्यमा संलग्न राजविराज नगरपालिका १५ घर भएका योजना शाखाका अधिकृत मनोज कुमार यादव, राजविराज नगरपालिका १३ का गजेन्द्र यादव र राजविराज नगरपालिका ९ का सुधिर यादव सहित ५÷६ जनाको समुहमा आएका ब्यक्तिले बुधबार साँझ कार्यालयमा बैठक वसेका बेला विभिन्न फाँट र आफ्नो कार्यकक्षमा प्रवेश गरी सरसमान क्षतविक्षत बनाएको, टि–टेवल, गमला र पानीको जार तोडफोड गरेको र आफुलाई लक्षित गरी अभद्र गाली बचन प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेकी छिन ।
घटनाका बेला सिसीटिभी क्यामेरामा कैद भएका फुटेजहरु समेत पेन ड्राईभमा राखी बुझाइएको उजुरीपत्र मार्फत उनीहरुलाइ अविलम्व पक्राउ गरी सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनास एवं अपराधिक उपद्रव तर्फ कारवाही चलाउन माग गरिएको छ । उजुरी मार्फत उनले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६ बमोजिम कारवाही हुनु पर्ने माग समेत गरेकी छिन ।
उजुरीमा उनले गत वर्षको असार महिनामा सरसफाइकर्मीले काम गरेको १६ दिनको तलब बाँकी रहेको र योजना अधिकृत यादवल भुक्तानीमा बखेडा झिकेपछि करिब एकसय जना सरसफाईकर्मी काम छाडेर नगरपालिका कार्यालयको प्रवेशद्वार मै धर्नामा वसेको समेत उल्लेख गरेकी छिन ।
योजना अधिकृत यादव कै कारण बिहीबार सरसफाईकर्मी कार्यालयको प्रवेशद्वार मै कुचो थुपारेर काम रोक्दा नगरको सरसफाई कार्य समेत प्रभावित बनेको भन्दै उनले कार्यालयमा काम गर्ने वातावरणका लागी सुरक्षा सहितका व्यवस्था मिलाउन आग्रह गरेकी छिन ।
उनले कार्यपालिकाको निर्णयको समेत पटक–पटक वेवास्ता तथा अवज्ञा गरेका योजना अधिकृत यादवकै कारण नगरपालिकाको विभिन्न विकास निर्माण र योजनाहरु प्रभावित हुँदा प्राप्त बजेटको २० प्रतिशत रकम मात्र अहिले सम्म खर्च हुन सकेको बताएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ