News Category 2082/02/09
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
बैंकको सुरक्षा गार्ड बस्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार भएका चोर केही घण्टाभित्रै पक्राउ परेको छ ।
प्रहरीका अनुसार बिहीबार मध्यराती सप्तरीको खडक नगरपालिका ७ स्थित नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको थियो ।
चोरले कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोवाईल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु लगायतका सामाग्रि चोरेर लगेका थिए ।
बैंकको सुरक्षा गार्ड सप्तरीको शम्भुनाथ नगरपालिका ७ का ३९ बर्षीय प्रमोद चौधरी र कञ्चनरुप नगरपालिका ५ का ४४ बर्षीय परशुराम चौधरी दुवैजना बैंकको सुरक्षा गार्ड कोठामा सुतिरहेका बेला दराजबाट चोरले उक्त परिमाणको सामान चोरी गरि लगेका थिए ।
घट्ना पश्चात प्रहरीले बैंकमा जडान गरिएको सिसि टिभि क्यामरा फुटेज नियाल्दै अनुसन्धान अगाडी बढाएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले सिरहा प्रहरीको सहयोगमा शुक्रबार बिहान ३ बजेतिर एक जनालाई पक्राउ गर्न सफल भयो ।
पक्राउ परेका व्यक्ति सप्तरीको खडक नगरपालिका वडा नम्बर ६ बिरपुर घर भएका २० बर्षीय अपसाद अन्सारी रहेको प्रहरीले जनाएको छ ।
अन्सारीलाई सिरहा प्रहरीको सहयोगमा चोरी भएका सामानसहित लहानबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ