News Category 2082/02/10
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
राजविराज÷हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउापालिका ५ मलेकपुर सडक खण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
पत्थरगाढाबाट ईटा बोकेर राजविराजतर्फ आउँदै गरेको स.१त. ५४४२ नं. को ट्याक्टरमा विपरित दिसाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१९प.९६२६ नम्बरको मोटरसाइकल ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई अचानक ट्याक्टरमा ठोकिन गई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दुर्घटनामा गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी २० बर्षिय सन्तोष यादवको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै र अर्का गम्भिर घाइते सोही वडा निवासी २२ बर्षीय सागर मंडलको अस्पताल पु¥याउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का गम्भिर घाइते सोही वडाका १८ बर्षीय धनन्जय यादवको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
घटनापछी फरार भएका ट्याक्टर चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्रा प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
शनिबारै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षिय मनोज यादव गम्भिर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते यादवको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछी बिराटनगरस्थित नोबेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ