News Category 2082/02/11
पाँच महिनाको अवधीमा १० हजार भन्दा बढी आँखाका बिरामीले पाए उपचार
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
राजविराज ९ मलेठस्थित आँखा उपचार केन्द्र आँखाका बिरामीहरुका लागि पहिलो रोजाईमा पर्ने गरेको पाइएको छ ।
बि.स. २०५८ सालमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा नेपाल लगायत भारतबाट समेत उल्लेख्य संख्यामा विरामीहरु आँखा उपचारका लागी आउने गरेको सार्वजनिक गरिएको तथ्याङ्कले देखाएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा दुई दशक अघि पूर्वावाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम अन्तर्गत उक्त केन्द्रको स्थापना गरिएको थियो । सुरु सूरुमा आँखाको सामान्य उपचार गरिने र जटिल प्रकृतिका रोगीलाई लहान स्थित चौधरी आँखा अस्पताल लगी उपचार गरिने गरिएकोमा हाल ३० शैयाको अस्पतालको रुपमा विकास गरी विशेषज्ञ चिकित्सक टोलीद्वारा मोतियाविन्दुको शल्यक्रिया समेतको सेवा विस्तार गरिएपछी उपचारका लागी आउने विरामीहरुको घुईचो लाग्ने गरेको केन्द्रका प्रमुख एवं नेत्र अधिकृत डा.रामकुमार झाको भनाई छ ।
आँखा उपचार केन्द्रमा दैनिक १ सय ५० देखी २ सय २५ जना सम्म विरामी उपचारका लागी आउने गरेका छन । आउने विरामीहरुमा २५ प्रतिशत भन्दा बढी सीमावर्ती भारतीय क्षेत्रका नागरीक हुने गरेको नेत्र अधिकृत झा बताउँछन ।
भारतमा उपचार सेवा महँगो हुने, सेवा लिन निकै झन्झटीलो हुने तथा यस केन्द्रले उपचारमा विश्वसनियता स्थापित गरीसकेकाले भारतीय नागरिक पनि यतै आउन थालेको सहायक नेत्र अधिकृत अनुराधा साहले सुनाईन ।
केन्द्रबाट सन २०२४ जनवरीदेखी २०२४ डिसेम्बर सम्मको १ वर्षको अवधीमा २८ हजार विरामीले उपचार सेवा प्राप्त गरेका छन । जसमध्ये १ हजार ३ सय ५ जना मोतियाबिन्दुका विरामीको सल्यक्रिया गरिएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
यस्तै २०२५ जनवरी देखीहाल सम्म ५ महिनाको अवधीमा १० हजार ३ सय ७० जना विरामीले आँखा सम्बन्धि रोगको उपचार सेवा प्राप्त गरेका छन । जसमध्ये ५ सय ५६ जनाको मोतियाबिन्दु विरामीको सफल शल्यक्रिया गरीएको केन्द्रका कम्प्युटर अपरेटर एवं रेकर्ड शाखाका कर्मचारी सुमित कर्णले जानकारी दिए ।
लहानस्थित चौधरी आँखा अस्पतालबाट आउने विशेषज्ञ सहितको चिकित्सक टोलीले शल्यक्रिया उपचार सेवा प्रदान गर्ने गरेको केन्द्रका प्रमुख झाको भनाई छ । उपचारका लागी आउने विरामीको चाप बढ्दै गएपछि व्यवस्थापनमा भने चुनौती थपिएको केन्द्रका प्रमुख झाको कथन छ । उनले हाल केन्द्रमा एक जना नेत्र अधिकृत, एक जना सहायक नेत्र अधिकृत गरी १० जना कर्मचारी कार्यरत रहेको बताए ।
उनले भिजन परिक्षण, सुरक्षागार्ड र काउन्सिलीङ्ग विभाग तर्फ थप जनशक्तीको अभाव रहेको बताउँदै साधन श्रोत र जनशक्ती थपिए अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न सक्षम हुने उल्लेख गरे ।
उक्त केन्द्र १४ कठ्ठा जग्गामा पैmलिएको छ । तर प्रयोगमा ८ कठ्ठा जग्गा मात्रै रहेको उनले जानकारी दिए । विरामीको चाप बढ्दै गएपछी कम्तीमा ५० शैयाको रुपमा केन्द्रबाट सेवा विस्तार गर्नू पर्ने आवश्यकता छ । यसका लागी जग्गा पनि प्रशस्त छ । तर बजेटको अभावमा थप संरचना निर्माण गर्न न सकिएको उनले सुनाए ।
उनले यस केन्द्रबाट सेवाहरुलाई थप प्रभावकारी बनाउन केही उपकरण, जनशक्ती, थपशैयया, संरचना निर्माण र खुल्ला रहेको जग्गामा पर्खालको घेरवार गर्न आवश्यक रहेको भन्दै यसका लागी स्थानीय, प्रदेश र संघिय सरकारले पनि सहयोग गर्नू पर्ने आवश्यक्ता औल्याए ।
केन्द्रमा सप्तरी आसपासका साथै सिमावर्ती भारतीय क्षेत्रका अधिकांस नागरीक विभिन्न स्वास्थ्य समस्या भएपछि उपचारका लागी धरान, विराटनगर तथा भारतको दरभंगा, पटनादेखी दिल्लीसम्मका आँखाका बिरामीहरु आउने गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ