News Category 2082/02/12

नवजात शिशुको शव फेला

दैनिक समाचारदाता

नवजात शिशुको शव फेला

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।

    सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका २ स्थित महादेवपट्टिमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ ।
    स्थानीय भित्री बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा नवजात छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । 
    इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ७ देखि ८ महिनाको शिशु रहेको र २÷३ दिनभित्र त्यहीँ फालिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
    शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ । हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट