News Category 2082/02/12
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
राजविराज नगरपालिकाका योजना अधिकृतसहित तीन जनाले गल्ती स्विकारेपछी विगत पाँच दिनदेखी नगरमा थन्किएको फोहर सोमबारदेखी उठाइएको छ ।
नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविनले उनीहरु बिरुद्ध प्रहरीमा दिएको उजुरी फिर्ता तथा धर्नामा वसेका सरसफाईकर्मी समेत आन्दोलनका कार्यक्रम फिर्ता लिएपछी फोहर उठाउन थालिएको हो ।
नगरपालिकाका योजना अधिकृत मनोज यादवसहित आरोपीत तीन जनाले गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गतिविधी नगर्ने प्रहरी समक्ष लिखित र मौखिक प्रतिबद्धता जनाएपछि कार्यवाहक नगरप्रमुख परविनले उजुरी फिर्ता तथा पाँच दिनदेखी लगातार धर्नामा वसेका सरसफाईकर्मीले आन्दोलन पनि रोकेका छन ।
कार्यवाहक मेयर परवीनले पाँच दिन अघि कार्यालयमा उपद्रव मचाएका योजना अधिकृत यादवका साथै राजविराज १३ का गजेन्द्र यादव र राजविराज ९ का सुधिर यादवले अघिल्लो दिन आईतवार साँझ जिल्ला प्रहरी कार्यालयमा उस्थित भई प्रहरीका अधिकारीहरुको समेतको उपस्थितीमा गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गल्ती नगर्ने लिखीत र मौखिक प्रतिबद्धता जनाएपछि उनीहरु विरुद्ध यस अघि जिल्ला प्रहरी कार्यालयमा दिइएको सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधीक उपद्रव मुद्दा सम्बन्धि उजुरी फिर्ता लिएको जानकारी दिईन ।
योजना अधिकृत यादवले आफुहरुलाई समेत गाली गलौज र अभद्र ब्यवहार गरेको भन्दै सरसफाईकर्मी समेत काम छाडेर नगरपालिकाको प्रवेशद्वार मै कुचो थुपारेर धर्नामा वस्दै आएका थिए । जसकारण फोहर उठन नसकेर नगर दुर्गन्धित बन्दै गएको थियो ।
सोमवार कार्यालय परिसर मै पुगेका योजना अधिकृत यादवले आन्दोलनरत सरसफाईकर्मीहरुसँग समेत गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गल्ती नहुने प्रतिबद्धता जनाएका थिए । त्यसपछी कार्यावाहक नगर प्रमुख परवीनले सरसफाईकर्मीसंग काम फर्कन आग्रह गरेकी थिइन ।
यस अघि सरसफाईकर्मीले कार्यालयमा उपद्रव गर्ने तथा आफुहरुलाई गाली वेइज्जत गर्ने योजना अधिकृत यादवलाई कारवाही र अन्यत्र सरुवा गर्न माग गर्दै नगरपालिकाको मुल गेट मै कुचो राखेर धर्नामा वस्दै आएका थिए । उनीहरुले योजना अधिकृत यादवमाथी कारवाही हुनु पर्ने एक सुत्रिय माग अघि सारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
- 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका
- 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ