News Category 2082/02/13
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
राजविराज वडा नं. ६ स्थित कारागार टोलका वासिन्दाहरुमा अहिले खुशियालीको माहोल बनेको छ । वर्षाैको प्रतिक्षापछी घर अगाडी नाला सहित पक्की सडक बन्ने भएपछी उनीहरु खुशी भएका छन् ।
मंगलवार जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश साँसद महेश प्रसाद यादवले राजविराज कारागार पछाडी रहेको उक्त टोलमा नालासहित आरसीसी ढलान सडकको शिलान्यास गरे संगै सयौं परिवारको वर्षाै देखीको समस्या समाधान हुने भएको छ ।
उनकै पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेशबाट ३५ लाख रुपैया बजेट उपलब्ध भएपछी मंगलवार देखी नै निर्माण कार्य समेत शूरु भएको छ । सडक, नाला निर्माण स्थल उनको निर्वाचन क्षेत्रमा समेत पर्दछ ।
शिलान्यास समारोहमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै साँसद यादवले प्राप्त बजेटबाट पहिलो चरणमा उक्त वस्तीको अरबिन्द राउतको घरदेखी प्रभा मण्डल र महेन्द्र राउतको घर देखी अरविन्द राउतको घर सम्म नाला र सडक निर्माण कार्य सम्पन्न गरिने जानकारी दिए । उक्त वस्तीमा अधिकाँश दलित समुदायको वसोवास रहेको छ ।
मंगलबारै संसदीय दलका नेता यादव र अर्का प्रदेश सांसद शम्भु साहले जिल्लाको राजगढ गाउँपालिका ५ धोनकी टोलस्थित कसहा नदी नियन्त्रण कार्यालयको संयुक्त रुपमा शिलान्यास समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ