News Category 2082/02/14
सडक निर्माणको माग गर्दै सडक जाम
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
राजविराजस्थित रुपनी बस स्टेण्ड क्षेत्रको जिर्ण सडक निर्माणको माग गर्दै यातायात मजदूहरु आन्दोलित भएका छन् ।
जिर्ण सडकको मरमत सम्भार तथा स्तरोन्नतिको पटक पटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै मजदूरहरु आन्दोलित भएका हुन् ।
बुधबार उक्त सडक खण्डको बीच सडकमै आ–आफ्नो अटो र सिटि रिक्सा तेस्र्याएर यातायात मजदूर चकका जाम र टायर बालेर प्रदर्शन गरेका छन् ।
चक्का जामका कारण दुवै तर्फका गरि सयौं सवारी साधन रोकिएर यात्रीहरुको सास्ती भएको छ । उक्त सडक खण्डमा दर्जनों ठाउँमा परेका खाल्डाले साना ठूला सवारी साधन आवत जावतमा सकस हुने गरेको छ ।
खाल्डोकै कारण बुधबार विहान ७ बजे तिर चटपटे बेचेर गुजारा चलाउँदै गरेका राजविराज ८ निवासी सदानन्द भगतको ठेला सडकमै पल्टिएर त्यसमा रहेका सामाग्रीहरु नष्ट भएपछि यातायात मजदूर झनै आक्रोशित भए ।
सडकको दर्जनों ठाउँमा खाल्डा परेका कारण दिनहुँजसो सवारी दुर्घट्ना हुने गरेको भन्दै यातायात मजदूरले उक्त जिर्ण सडकको स्तरोन्नति हुनुपर्ने एक सुत्रिय माग अघि सारेका छन् ।
विहानै देखि यातायात मजदूरले चक्का जाम गरेको खवर पाएपछि पुगेकी राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन तथा सुरक्षा निकायका प्रमुखहरुको टोलीले सडक स्तरोन्नति कार्यको जिम्मा पाएका निर्माण व्यवसायीहरुलाई झिकाई अविलम्ब निर्माण कार्य शुरु गर्न लगाउने र तत्काल उक्त कार्य शुरु नगरे कारवाही गर्ने प्रतिवद्धता जनाएपछि चार घण्टा पश्चात आवागमन सूचारु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ