News Category 2082/02/16
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
१८औं गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सप्तरीका ५ सहित एक दर्जन पत्रकारलाई सम्मानित गरेको छ ।
मधेश प्रदेश सरकारको गृहसञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीवार जनकपुरमा आयोजित “शुभकामना आदान प्रदान तथा अभिनन्दन” कार्यक्रममा सप्तरीका ५ सहित मधेश प्रदेशका १३ जना प्रेस स्वतन्त्रता सेनानीबाट विभुषित पत्रकारहरुलाई नगद र कदरपत्रबाट सम्मानित गरिएको हो ।
गृह सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका राजकुमार लेखीको पहलमा पहिलो पल्ट मधेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई यसरी सम्मानित गरिएको हो । उनकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती मुख्यमन्त्री सतिशकुमार सिंहले प्रेस स्वतन्त्रता सेनानीहरुलाई जनही ११ हजार नगद पुरस्कार तथा कदर पत्रबाट सम्मानित गरेका छन् ।
यसरी सम्मानित हुनेहरुमा सप्तरीका शिशु प्रसाद देवकोटा, रामनारायण देव, बैद्यनाथ झा, प्रकाश खतिवडा र देवराम यादव छन ।
यस्तै मधेश प्रदेश कै अन्य जिल्लाका अशोक रौनियार, राम भरत साह, विन्देश्वरी मण्डल, कुँवरकान्त झा, गोपाल बराल, इश्वरी काफ्ले, गया यादव र शत्रुघन नेपाल पनि सम्मानित भएका हुन ।
कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ