News Category 2082/02/16
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
राजविराजमा १८ औं गणतन्त्र दिवस बिहीबार विविध कार्यक्रम गरि मनाइएको छ ।
गणतन्त्र दिवसको अवसरमा ¥याली, कोणसभा लगायतका कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति सप्तरीको अगुवाईमा निकालिएको ¥याली राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रको परिकक्रमा गर्दै गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले गणतन्त्रलाई संस्थागत गर्न तीनै तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
उनले आम सर्वसाधारण जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको गुनासोे गर्दै व्यवस्था बदलिएपछि जनताको दैनिकीमा पनि परिवर्तन आउनु अपरिहार्य रहेको बताए ।
“जनताको जिवनमा परिवर्तन ल्याउन गणतन्त्रलाई संस्थागत गनुपर्छ र यसका लागि तीनै तहको सरकार जिम्मेवार बन्नुपर्छ” साहले भने ।
राजविराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परवीनले गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पु¥याए मात्र यसप्रति सबैको अपनत्व बढने बताईन् । रुपनी गाउपालिका अध्यक्ष दिनेश कुमार यादवले गणतन्त्रलाई संस्थागत गर्न काम गरिरहेको बताए ।
उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदा सम्ममा गणतन्त्र संस्थागत गर्नमामा चुनौती रहेको उल्लेख गरे ।
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले संविधान अनुसारको अधिकार प्रदेश र स्थानिय तहले अहिले सम्म नपाएको कारण गणतन्त्र संस्थागत हुन नसेकेको बताए । उनले संविधान अनुसार तीनै तहका सरकारले अधिकार प्राप्त गरे गणतन्त्रका संस्थागत हुने विश्वास व्यक्त गरे ।
कोण सभामा युवा नेता गजेन्द्र मण्डलले अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै गणतन्त्र संस्थागत हुन नसक्ने र ,जनताको अपेक्षा पूरा गर्न नसकिने बताए । उनले तीनै तहको सरकारले आ(आफ्नो दायित्व पूरा गर्न नसेकेकै कारण समस्या देखिएको तर्क गरे ।
“गणतन्त्रलाई संस्थागत गर्न तीन तहको सरकारबीचको अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप गर्नु हुँदैन” नेता मंडलले भने ।
जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कोणमा प्रमुख जिल्ला अधिकारी भोेला दहाल, सप्तरी प्रहरी प्रमुुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौडेल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली सहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ