News Category 2082/02/16
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
दैनिक समाचारदाता
जनकपुर, १६ जेठ ।
तीन दिवसीय गणतन्त्र दिवस मनाउने क्रममा शुक्रबार अन्तिम दिन मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई खाना खुवाएको छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री राजकुमार लेखीले जनकपुरस्थित मानव सेवा आश्रममा रहेका खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) हरुलाई खाना खुवाएका हुन् ।
सो क्रममा मन्त्री लेखीले मानव सेवा आश्रमको भावनासँग आफू जोडिएको जिकिर गर्दै समाज परिवर्तन र सामाज रुपान्तरणको लागि आफ्नो बिधार्थी जिवनदेखी नै विभिन्न अभियानहरुको नेतृत्व गरेको उल्लेख गरे । उनले आफ्नो गृह जिल्लाको सप्तकोसी नगरपालिकामा आश्रम निर्माणकै लागि आफ्नो पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमको लागि दानमा दिएको समेत बताए ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले यस पटकको गणतन्त्र तीन दिवसीय रुपमा मनाएको छ । पहिलो दिन मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई, रक्तदान, दोश्रो दिन मधेश प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ