News Category 2082/02/19
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
दैनिक समाचारदाता
रौतहट, १९ जेठ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी बिपद ब्यबस्थापन र प्रतिकार्य नागरीकसँग प्रत्यक्ष सरोकारको बिषय भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्नु पर्ने बताएका छन् ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित नुनथर बागमती नदीमा सोमबार नेपाली सेनाको मध्यपुर्वी पृतनाको आयोजनामा बिपद प्रतिकार्य सम्बन्धी हातेमालो अभ्यासको सातौ संस्करण २०८२ को समापन अवसरमा उनले यस्तो बताएका हुन् ।
“विपद व्यवस्थापन र प्रतिकार्य जस्ता बिषय नागरीकसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले प्रदेश सरकारको बजेट बाँडफाँडमा यस विषयलाई प्राथमिकतामा राख्नु जरुरी छ । उनले भने, “बर्सेनि हुने गरेको बाढी, पहिरो, भू–क्षय, आगलागी, कटान, डुवान जस्ता विपदका कारण हुने गरेको जनधन र भौतिक क्षतिलाई मध्यनजर गरि गरिएको आजको अभ्यास महत्वपुर्ण छ ।”
गृहमन्त्री लेखीले बाढी पहिरोका कारण बर्सेनी हुने मानवीय तथा भौतिक क्षतिलाई न्युनिकरण गर्न यस्ता बिपद प्रतिकार्य कार्यक्रमको महत्वपूर्ण भुमिका रहने गरेको उल्लेख गरे । उनले मौसमविद्हरुले यस बर्ष ३० बर्ष यताकै उच्च वर्षा हुने पुर्वानुमान गरिरहेको बेला सम्भावित जोखिम समेत उच्च रहेकाले नेपाली सेना बिपद् प्रतिकार्यको लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्ने बताए ।
सरकारका प्रवक्ता समेत रहेको मन्त्री लेखीले नागरिकहरुको बाढी पहिरोका कारण हुन सक्ने क्षतिको न्युनिकरणका लागि तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन समेत दिए ।
कार्यक्रममा सहभागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाली सेनाले कम श्रोत साधनमा पनि राम्रो कार्य गरिरहेको भन्दै शान्ति सुरक्षामा पर्याप्त बजेट विनियोजन गर्ने आश्वासन दिए ।
यस बर्षको मनसुन भित्रिएसंगै बर्षाको कारण हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले बिपद प्रतिकार्यको हातेमालो अभ्यास गरिएको मध्य पुर्वी पृतना कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ