News Category 2082/02/20
चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ की २० बर्षीया कल्पना (नाम परिवर्तन) अहिले न्यायका लागि संचारकर्मी र अधिकारकर्मी हुँदै प्रहरीमा पुगेकी छिन् ।
उनी आफ्नो प्रेमी सोही वडाका २४ बर्षीय शिवजी खंगको चार महिनाको गर्भ समेत बोकेकी छिन् । विवाहको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी अहिले छाडेर हिडेपछि कल्पनाको विच्चली भएको हो ।
गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज आई पुगेकी कल्पनाले जिल्ला प्रहरी कार्यालयमा शिवजी र उनका अभिभावक विरुद्ध उजूरी दिएकी छिन् ।
हाल कक्षा १२ उत्तिर्ण गरेकी कल्पना कक्षा १० मै पढदै गरेका बेला शिवजी संग प्रेम सम्बन्धमा जोडिन पुगेको उजुरीमा उल्लेख गरेकी छिन् । सोही क्रममा विहेको प्रलोभन देखाई विगत ापस्दुई बर्ष देखि शिवजीले आफू संग जवरजस्ती शारीरिक सम्बन्ध कायम गरेको उनको कथन छ ।
स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भ बोकेको रिपोर्टले समेत देखाएको छ २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरि २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ ।
घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले कल्पनाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको कल्पनाको दुखेसो छ ।
अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेकाले बाध्यभई कानुनी उपचारमा जुटेको उनको कथन छ ।
घरमा अन्न नभएका कारण भोकभोकै बस्ने अवस्था आएपछि मंगलबार छिमेकी एकजना संग एकजार दुईसय रुपैया सापटी मागेर १० दिन जति पुग्ने चामल, दाल, च्यूरा, मुरही, मसला र तरकारी किनेर ल्याएको उनले सुनाईन् ।
प्रहरी उपरीक्षक खतिवडाले कल्पनाको समस्यालाई आफूले गभ्मिरतापुर्वक लिदै मातहतका प्रहरी निकायलाई शिवजी र उनका आफन्तको खोज तलाश गरि अविलम्ब झिकाउन निर्दैशन दिई सकिएको बताए । उनले यस्ता प्रकृतीका घट्ना समाजमा निकै बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस तर्फ बर्तमान पुस्ता र उनका अभिभावक सचेत हुनुपर्नेमा जोड समेत दिएका छन् । दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ की २० बर्षीया कल्पना (नाम परिवर्तन) अहिले न्यायका लागि संचारकर्मी र अधिकारकर्मी हुँदै प्रहरीमा पुगेकी छिन् ।
उनी आफ्नो प्रेमी सोही वडाका २४ बर्षीय शिवजी खंगको चार महिनाको गर्भ समेत बोकेकी छिन् । विवाहको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी अहिले छाडेर हिडेपछि कल्पनाको विच्चली भएको हो ।
गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज आई पुगेकी कल्पनाले जिल्ला प्रहरी कार्यालयमा शिवजी र उनका अभिभावक विरुद्ध उजूरी दिएकी छिन् ।
हाल कक्षा १२ उत्तिर्ण गरेकी कल्पना कक्षा १० मै पढदै गरेका बेला शिवजी संग प्रेम सम्बन्धमा जोडिन पुगेको उजुरीमा उल्लेख गरेकी छिन् । सोही क्रममा विहेको प्रलोभन देखाई विगत ापस्दुई बर्ष देखि शिवजीले आफू संग जवरजस्ती शारीरिक सम्बन्ध कायम गरेको उनको कथन छ ।
स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भ बोकेको रिपोर्टले समेत देखाएको छ २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरि २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ ।
घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले कल्पनाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको कल्पनाको दुखेसो छ ।
अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेकाले बाध्यभई कानुनी उपचारमा जुटेको उनको कथन छ ।
घरमा अन्न नभएका कारण भोकभोकै बस्ने अवस्था आएपछि मंगलबार छिमेकी एकजना संग एकजार दुईसय रुपैया सापटी मागेर १० दिन जति पुग्ने चामल, दाल, च्यूरा, मुरही, मसला र तरकारी किनेर ल्याएको उनले सुनाईन् ।
प्रहरी उपरीक्षक खतिवडाले कल्पनाको समस्यालाई आफूले गभ्मिरतापुर्वक लिदै मातहतका प्रहरी निकायलाई शिवजी र उनका आफन्तको खोज तलाश गरि अविलम्ब झिकाउन निर्दैशन दिई सकिएको बताए । उनले यस्ता प्रकृतीका घट्ना समाजमा निकै बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस तर्फ बर्तमान पुस्ता र उनका अभिभावक सचेत हुनुपर्नेमा जोड समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ