News Category 2082/02/20
तिलाठी कोइलाडीका दुई कर्मचारी सहित पाँचजना विरुद्ध विशेष अदालतमा आरोपपत्र
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिृकत, सह–लेखापालसहित पाँच जना बिरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।
पालिकाबाट विभिन्न समयमा प्रकाशित गरिएको टेण्डर र आशयपत्र सम्बन्धी विज्ञापनमा प्रकाशक र कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको जनाउँदै अख्तियारले तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह–लेखापाल सत्रोहन दास, टाईम्स रिपब्लिक मिडिया प्रालि तिलाठी कोईलाडीका संस्थापक सदस्य भूषणकुमार सिंह, डच मिडिया प्रालि काठमाडौंका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रवन्ध निर्देशक कृष्णबहादुर कार्की गरि पाँच जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आर्थिक बर्ष २०७९÷०८० मा पालिकामा विभिन्न निर्माण कार्यको लागि ठेक्का नम्बर ३ र ६ बाट चारवटा ठेक्काको बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियम बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरि कर्मचारी र प्रकाशकको मिलोमतोमा गैरकानुनी लाभ तथा गाउँपालिकालाई हानी पु¥याउने गरि लुकाई छिपाई प्रकाशित गरेर भ्रष्टाचार गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
यसरी लुकाई छिपाई प्रकाशित गरिएको सूचना प्रेस काउन्सिल नेपालको रेकर्डमा कतै नभेटिएको तथा एक प्रति पत्रिका मात्र प्रकाशित गरि झुटा विल भरपाई मार्फत तीनलाख १६ हजार चारसय १० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विवरण लुकाउने बदनिययतका साथ सार्वजनिक सार्वजनिक रुपमा सूचना प्रकाशित नै नगरेको मिडियाले भुक्तानी लिएको पुष्टि भएको हुँदा सो कार्यमा संलग्न प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम कैद र विगो बमोजिम सजाय र जरिवाना हुनुपर्ने मागदावी सहित विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियारले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ